विकास चाम्लिङ राई
लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिका स्थित पुर्वकै पर्यटकीय रुपमा परिचित अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र रुखको विरुवाहरु रोपेका छन ।
आमाह वन उपभोक्ता समुह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षरोपण कार्यक्रमको आयोजना गरि विरुवा रोपिएको हो । अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ न. वडामा पर्दछ । आन्तरिक पर्यटकहरुमा आमाह सिमसार चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थल लगायतको निर्माण गरेका छन ।

पर्यटकीय स्थलको रुपमा चर्चित रहेको अमाह सिमसार क्षेत्रमा परिवारसँग घुम्न आउदा कुनै पनि जंङ्गली पशुपक्षिहरु नदेखे पछि स्थानिय सँग जिज्ञाशा राख्दा पशुपक्षीको आहार हुने वोट विरुवा नभएको कारण पशुपक्षि नदेखिएको वताएपछि लायन्स पञ्चकन्या र अमाह वन उपभोक्ता समुहसँग सहकार्य गरि जंगली पशुपंक्षीको आहारा हुने खालको फलफुलको विरुवा सहित वृक्षरोपण
गरिएको धरान सरोकार समाजका सल्लाहकार सरु जोशिले वताइन् । यसले नेपालमा वढ्दो जलवायु परिवर्तनको असरलाई पनि न्युनिकरण गर्नमा सहयोग पुग्ने वताइन् । वृक्षरोपन कार्य कार्यक्रमका प्रमुख अतिथी डिस्ट्रक गभर्नर पिएमजीफ ३२५ धिरज गुरुङ्गले बिरुवा रोपेर सुरु गरेका थिए ।
वृक्षरोपण कार्यमा अम्वक, अमला, तितिरी, शिरिस, सजिवनी, किम्वु, वेल, अशोक, अर्जुन, रक्तचन्दन, पिपल, तेजपत्ता लगायत ३३ प्रजातिको विरुवा रोपिएको आयोजक लायन्स क्लव अफ पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले वताइन् । क्लवले लायन्स क्लवको सिद्धान्त अनुसार शिक्षा, स्वास्थ्य र वातावरणसँग सम्वन्धित सामाजिक कार्यहरु गर्ने योजना रहेको कार्यकममा जानकारी गराइन । क्लवले चाडै नै रकमकोे अभावमा पढ्न नपाएकाहरुलाई लक्षित गर्दै वान रुपिज फर एजुकेशन अभियान सुरु गर्ने वताइन् । क्लवले यही विहिवार धरान १५ मा रहेको वमधारा खानेपानी मुहान
संरक्षणका लागि सात सय वटा फलफूलका विरुवा रोपेका थिए ।
