पर्यटक नेताको फाइफुइ
भोजपुरबाट धाइफाल तोडेर सुनसरी आएका नेप्लिज काँग्रेसका पर्यटक नेता ज्ञावकाको यतिबेला निक्कै फाइफुई बढ्या छ । चाँडै नै प्रदेश र संघको निर्वाचन हुने भएसी ज्ञावका माने ज्ञानेन्द्रबहादुर कार्कीको सुनसरी आउजाउ बाल्लिनु नौलो कुरा होइन । भोजपुरका मान्छेले माखो बराबर पनि नगन्देसी’ विचरा सुनसरी आएर खर्चपानीकै कारण नेता भैटोपल्या छन् । सुनसरीका झन्डुमारको मथिंगल राम्रोसँग अध्ययन गरेका ज्ञावका झोले ग्याङ्ग राम्रैसँग खडा ग¥या छन् । वाल्वाटारे मुखियाको किचेन क्याविनेट सदस्ये ज्ञावकाले हरेक पटक सुनसरी आउँदा लाखौ माल खर्च गर्ने ग¥या छन् । त्यसरी खर्च गरको रकमको स्रोत के हो कोही खोज्दैनन् । न अख्तियारले खोज्छ, न सम्पत्ति सुद्धीकरणले खोज्छ । वाल्वाटारे बाको निगाहा पाछन् कस्ले खोज्ने ? लाखौ लुट्या छन् । लाखौ लुटेर जिल्लामा लाख खर्च गर्दिदा सुनसरी क्षेत्र नं. ४ का भाटहरु दंगदाश । अस्तिका दिन तिन्ले सप्तकोशी वहुमुखी क्याम्पसलाई एउटा सिँगै बस नै दिएछन् । जेहोस् ज्ञावकाको खुबीचाहिँ मान्नैपर्छ ।
भटाभट भ्युटावर

यतिबेला देशैभरि भटाभट भ्युटावर बन्दैछन् । देशमा अर्थोक विकास नभएनि भ्युटावरको विकासचाहिँ दु्रत गतिमै भा’छ । गाउँपालिकाले नि भ्यु टावर बनाएको छ, नगरपालिकाले नि भ्युटावर बनाएको छ, महानगरपालिकाले पनि भ्युटावर बनाएको छ, प्रदेशले नि भ्युटावर बनाएको छ, केन्द्रले पनि भ्युटावर बनाएको छ । भ्युटावर बनाउन चाहिँ सरकारदेखि स्थानीय जनप्रतिनिधि भातपानी माया मारेर लाग्या छन् । भ्युटावर बनाउँदा खल्ति पनि गर्माउने दुुनियाँका नजरमा काम पनि देखिने । त्यतिका भ्युटावर किन बनाएका होलान् भनेर पहिला पहिला घण्टारको मथिंगल चक्कराउँथ्यो । आजकल चकराउन छाड्या छ । हिजोआज ओभर डोज खाएर म¥या, आधा दर्जन स्वास्नी बटुल्ने नेताका छोरा छोरीका शालिक, भीरबाट लडिमरेका नेताको आफन्त, सडक दुर्घटनामा परमधाम भएका नेताका आफ्नै मान्छेको शालिक दृश्यावलोकन गर्न पो भ्युटावर बन्या रै’छ ।
माकुने त महान रान्
केपी ओलीले जोर लात्ती बजाउँदा सडकमा पुगेका र पछि काँग्रेसको निगाहामा अलिकति तंग्रिएका माकुन्याउ त महान पो रै’छन् । यिन्ले त मुलुका धेरै काम पो ग¥या रै’छन् । अस्तिका दिन तिन्ले आफ्नै थुतुनोले भन्या गिरिजाप्रसाद कोइरालालाई तिन्ले नै पर्धानमन्तरी बनाका थे रे । हैट सब कुरो थाहा पाउने घण्टाघरलाई यो कुरा कसरी थाहा भएन हँ ? पक्कै माकुनेले यो कुरा गोप्य राखेका थिए । गिर्जाउ त नर्कतिर पुगिगए नत्र सोध्न हुन्थ्यो नि । माकुनेले नै बृद्धाभत्ता बाँड्ने योजना ल्याका थिए रे तिन्ले नै भन्या । कुनदिन पृथ्वीनारायण शाहलाई मैले नै राजा बनाएको थिएँ, मेरो आदेशमा तिन्ले नेपालको एकीकरण ग¥या हुन् भन्न बेर लगाउँदैनन् । काँग्रेसले देशका उद्योग धन्दा, कलकारखाना कौडीको भाउमा बेच्यो भनेर आरोप लगाउनेहरुले एक पटक मनन गर्नैपर्ने भएको छ । माकुन्याउले ती सबै मैले बेच्या हो भन्दिछन् अनि परेन फँसाद । जे होस् माकुन्याउले धेरै ग¥या रैछन् । कुरो बुझ्नुमा छ ।
वाह अख्तियार
हिजोआज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिँगे माछा मार्न थालेछ । ठूला ठूला माछा मार्ने ल्याकत अखितयारले गुमाएछ । सिंहदरबारभित्रका ठूला माछाले अरबौ डकार्दा, महिलाको स्यानेटरी प्याडमा समेत अकुत कुम्ल्याउँदा अख्तियारले फिटिक्कै देख्न छाडेछ । काम देखाउन विराटनगर महानगगरपालिकाकी पूर्व उपप्रमुख सहित ९ जना विरुद्ध १० लाख हिनामिना गरेको भन्दै मुद्धा चलाएछ । हुन त विचरो अख्तियार पनि के गरोस् ? ठूला माछालाई अँठ्याउ भने आफैलाई निल्ने त्रास । बरु यसो झिँगे माछा टापनटिपन ग¥यो बातै खलास । सर्पको दुलामा किन हात हाल्नु ? कि कसो हौ ?
नरँम्रो कामको थुप्रो रे
झालेमालेका अध्येक्षे खप्रओले भन्या यो सरकार नराम्रो कामको थुप्रो हो रे । नराम्रो कामको थुप्रोलाई सफा गर्नुपर्छ रे । खप्रओको कुरा सुन्दा उदेक लाग्न थाल्या छ । अहिलेको ्रसरकारलाई फोहोरको थुप्रो देख्नेले हिजो आफ्नो नेतृत्वको सरकारलाई सुगन्धको थुप्रो त देख्नु भएन नि । हिजोको ्रसरकार पनि ठँसठस्ती गन्हाएको थियो अहिलेको सरकार झन उपद्रै गन्हाएको छ । गन्हाउने मामलामा दुवै सरकार गन्हाएकै हुन् । आफ्नो आङको जुम्रा नदेख्ने अनि अर्काको आङको लिखा देख्नु त भएन । नामै गनतन्त्र । जुनसुकै सरकार आएपनि गन्हाउने नै भयो । बात करता है ओली वा †
नेता पिट्नु पर्दैन ?
हामी नेपाली साह«ै उल्लु छौं । गाडी एक्सिडेन्ट भए हामी बहादुरी देखाएर ड्राइभर पिट्छौ, उपचार गर्दा गर्दै विरामीको मृत्यु भए हामी डाक्टर पिट्छौं तर देश बर्बाद बनाउने आफ्नै नातागोताको मात्र भरण पोषण गर्ने, राज्यको ढुकुटीमा ब्रम्हलुट मच्चाउने नेताचाहिँ हामीले किन नपिटेको होलाउँ ? आफूलाई वीर गोर्खाली भन्छौं तर नेताले पगितो घिचेर वान्ता गर्दा पनि हत्केलामा थाप्छौं । यस मामलामा त श्रीलंकाका जन्ताको वहादुर रै’छन् । परिवारवादका कारण मुलुक कंगाल बनाउने सांसद, मन्त्री, पर्धानमन्तरी, राष्ट्रपति सबैको राम धुलाई ग¥या छन् । खै नेपालका मनुवाहरुको सद्बुद्धि कहिले आउला भन्दै थिए काइँला बा ।
काजीको निद हराम
वाल्वाटारे स्यालबहादुर काजीलाई केही दिनदेखि राम्रोसँग निन्द्रा प¥या छैन । विचारलाई न खानमा रुचि छ, टोलाएर बस्छन्, ¥याल चुहाइरहन्छन्, कस्तो विचित्रको रोग लाग्या कठैबरा
रोगको नामचाहिँ सत्ताबाट हँट्नुपर्ला रे । झालेमालेले स्यालबहादुरलाई हँटाउन चाल चलिरा’छ रे । बुढाका लागि सत्ता अति रोग हो । आखिरी ज्योतिषीले पनि सात पटक पर्धानमन्तरी बन्छस् भनेर जो भन्या छन् । ८÷१० जना सांसदहरुले दायाँबायाँ गर्दिनासाथ बुढाको विचल्ली नै हुन्छ । अनि निद हराम हुँदैन त ?
अन्तेमा
कृषि तथा पशुपंक्षी मन्तरी महादेव राय जादवले मन्त्रीबाट खुस्केर क्वाटर सर्दा सबै कुरा सिनित्तै पारेर लगेछन् । मन्त्री क्वाटरमा भएको वासिङमेसिन, हामी दामी पर्दा, सोफा समेत भ्याइदिएछन् । हुन त जादवले ठीकै गरे । यसभन्दा अगाडिकाले पनि भ्याइदेकै हुन् । तिन्ले मात्र भ्याइदेका हुन् र ? घरमा पनि त सामान चाहिन्छ । एक पटक मन्त्राणी भइसकेकी जोइले बसेर छमछमी लुगामा साुबन लगाएर पछार्नु पनि त भएन । इज्जतको सवाल छ बाबै इन्ज्जतको । मन्त्री क्वाटरमा समान त पोको पारेर कुले ठोक्ने देशका नेता, मन्तरीबाट मुलुकले कोल्टे फेर्ने होइन उत्तानो पर्ने मात्र हो । कि कसो हौ ?
