तीस दलीय मोर्चा नफुटेको जनमोर्चाको दाबी

धरान/राष्टिूय जनमुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष खड्गप्रसाद पालुङ्वाले तीस दलीय मोर्चा विगतको भन्दा अझै मजबुत बन्दै गएको बताउनुभएको छ ।
तीस दलीय मोर्चाको जनआन्दोलन परिचालन समितिका सदस्य समेत
रहनु भएका उपाध्यक्ष पालुङ्वाले शनिवार धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै चैत्रमा भएको तीनदिने आमहड्तालको क्रममा चैत्र २४ र २५ को बन्द फिर्ता लिएपछि मोर्चाका अध्यक्ष एनेकपा माओवादीका अध्यक्षसंग अन्य पार्टी रुष्ट भएको भन्ने समाचार सञ्चारमाध्यममा आएपनि वस्ताविक रुपमा त्यस्ता नभई मोर्चालाई अझै बलियो बनाएर लानका लागि बन्द फिर्ता लिएको बताउनुभयो ।
दोस्रो जनआन्दोलनबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामुहिक प्रतिनिधित्व पहिचान र अधिकार अहिले संकटमा परेका बेला सरकारमा
रहेका नेकपा एमाले र कांग्रेसले २०४७ सालकै संविधानलाई परिमार्जित गरी जारी गर्ने षड्यन्त्र अनुरुप यस्तो कुरा बाहिर आएको बताउनुभयो ।
उहाले अब मोर्चा अझ सशक्त बनेको बताउनु हुदै अब मोर्चाले निर्णायक आन्दोलन गर्ने र मोर्चाको नेतृत्व एमाओवादीका अध्यक्ष प्रचण्डले नै सम्हाल्ने बताउनुभयो । उहाले जबसम्म सहमतिमा संविधान, पहिचान र अधिकारसहितको अग्रगामी संविधान निर्माणका लागि सरकारमा रहेका एकात्मकवादी चिन्तन भएकाको सोचमा परिवर्तन आउदैन तबसम्म मोर्चाको आन्दोलनले विश्राम नलिने चेतावनी समेत दिनुभयो । तीस दलीय मोर्चाको आन्दोलन
परिचालन समितिको सदस्य भएको नाताले मोर्चामा आवद्ध दलहरुलाई संगै खबरदारी गरेर लैजाने बताउनुभयो ।
यसैलाई ध्यानमा राखेर पार्टीले आगामी वैसाख २६, २७ र २८ गते चितवनको नारायणगढमा ११ औं राष्ट्रिय भेलाको आयोजन गर्ने भएको छ । भेलाको मुख्य उद्देश्य पहिचान र संघीयता पक्षधरसंग अन्तरसंवाद, संयोजन, आगामी कार्यनीतिका विषयमा योजना बनाउने, बहुमतको आडम्बरमा संविधान बनाउछु भन्नेहरुलाई चकनाचुर बनाउने, पहिचान र अधिकारसहितको संघीय अग्रगामी सविधान निर्माणका लागि दृढ संकल्पसहित आन्दोलनमा उत्रने लगायतका रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया