उपहार कि घुस ?

राजविराज । जातीय संस्था साह सेवा सदन धर्मशाला निर्माणमा निर्वाचन क्षेत्र विकास कार्यक्रम र प्रदेश मन्त्रालयबाट बजेट उपलब्ध गराइ दिएको भन्दै मधेश प्रदेशका २ सांसदसहित ६ जनाले संस्थाबाट सुनको औँठी लिएका छन् । सांसदले सुनको औँठी लिएपछि त्यसको सर्वत्र आलोचना भएको छ । उनीहरुले लिएको सुनको औंठी उपहारको नाममा घुस भएको राजविराजका सामाजिक अभियन्ताहरुले बताएका छन् ।


उपहार त सुनको औठी घुस लिने सांसदहरुमा प्रदेश सांसद मनिषकुमार सुमन, नेत्रविक्रम साह, रामचन्द्र साह, शैलेन्द्र कुमार साह, जगदिश साह रहेका छन् । प्रत्येकलाई साह सेवा सदनले पाँचआना तौलको सुनको औठी आइतबार भवनको पहिलो तला उद्घाटनका अवसरमा प्रदान गरेको हो । संस्थाका अध्यक्ष दुर्गाप्रसाद साहले उनीहरुले भवन निर्माणमा बजेट मिलाइदिएकोले उनीहरुलाई सुनको औठी उपहार दिएको बताए । त्यसरी दिएको सुनको मूल्य कति हो त भन्ने सवालमा अध्यक्ष साहले भने दुई लाख पचास हजार हो । सार्वजनिक समारोहमा त्यसरी सांसदलाई सुनको औँठी उपहार दिन मिल्छ त भन्ने सवालमा उनले भने त्यो त उहाँहरुलाई नै थाहा होला । हामीले त प्रदेश मन्त्रालय र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट बजेट मिलाइ दिएको भनेर सम्मान सहित उपहार दिएका हौं । यसै सम्बन्धमा बुझ्न सांसद सुमनसँग बारम्बार सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया