कार्तिक ३० भित्रै संघ र प्रदेशको निर्वाचन !

धरान । आगामी २०७९ कार्तिक ३० गतेभित्रै प्रदेश र संघको निर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले सरकारलाई प्रस्ताव गरेको छ ।वर्तमान गठबन्धन सरकारले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न आलटाल गरिरहेको अवस्थामा निर्वाचन आयोगले सरकारलाई दबाब सिर्जना गर्न थालेको हो । यस भन्दा अगाडि पनि निर्वाचन आयोगले कार्तिक ३० गते र मंसिर ३ गते निर्वाचनको प्रस्ताव
सरकारलाई गरेको थियो । पछिल्लो पटक भने आयोगले कार्तिक ३० भित्र दुवै निर्वाचन गर्न प्रस्तावसहित सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ ।


गत बुधबार संघ र प्रदेशको निर्वाचनलाई लिएर गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशराज थपलियाबीचमा छलफल समेत भएको जनाइएको छ । छलफलका क्रममा थपलियाले कार्तिक ३० गतेभित्र दुवै निर्वाचन गर्न विधान सम्मत हुने प्रधानमन्त्री देउवालाई सल्लाह दिएको निर्वाचन आयोग स्रोतले जनाएको छ । स्रोतका अनुसार निर्वाचन आयोग आफ्नो तयारीमा जुटिसकेको छ । देशका सबै जिल्लामा मतदाता नामावली संकलनको कार्य भइरहेको छ । यसैबीच आयोगले संघ र प्रदेशको निर्वाचनलाई लिएर सुरक्षा निकायहरुसँग विभिन्न चरणमा वैठकहरु समेत गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया