सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा विजय श्रेष्ठको शानदार जित

धरान । सुनसरी उद्योग वाणिज्य संघको असार २२ गते भएको निर्वाचनमा संघका निवर्तमान बरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठ अध्यक्षमा अत्याधिक वहुमतले विजयी हुनुभएको छ ।
संघको आगामी कार्यकालका लागि यसपटक तीन जना अध्यक्षका प्रत्यासीहरु मैदामा रहेका थिए । सुनसरी उद्योग वाणिज्य संघमा कुल २९७४ मतदाता रहे तापनि २२७४ मत मात्र खसेको थियो । अध्यक्षमा विजयी श्रेष्ठले १२२५, शिवराज श्रेष्ठले६३६ र पवन अग्रवालले ३३३ मत प्राप्त गर्नुभएको थियो । मत गणनाको प्रारम्भिक चरणमा नै श्रेष्ठले अन्य प्रतिष्पर्धीलाई भारी मतान्तरणले पछाडि छोड्नु भएको थियो । प्रारम्भमा २ सय मतको परिणाम सार्वजनिक गर्दा विजय श्रेष्ठ ११५, शिवराज श्रेष्ठ ६१ र पवन अग्रवालले १९ मत प्राप्त गर्नुभएको थियो । यसैगरी ४ सय मतको परिणाम सार्वजनिक गर्दा विजयले श्रेष्टले आफ्नो अग्रता झनै फराकिलो पार्दै लैजान सफल हुनुभयो । ४ सय मत गन्दा विजय श्रेष्ठले २३४, शिवराज श्रेष्ठले १०७ र पवन अग्रवालले ३८ मत प्राप्त गर्नुभएको थियो । यसैगरी १२७५ मतको परिणाम सार्वजनिक हुँदा विजय श्रेष्ठले ७३०, शिवराज श्रेष्ठले ३३५ र पवन अग्रवालले १५८ मत प्राप्त गर्नुभएको थियो । १६७५ मतको परिणाम सार्वजनिक हुँदा विजय श्रेष्ठले ९२७, शिवराज श्रेष्ठले ४६५ र पवन अग्रवालले २२० मत मात्र प्राप्त गर्नुभएको थियो ।


यसैगरी वाणिज्यतर्फका ८ जना सदस्यका लागि १८ जनाले उमेद्वारी दिएका थिए । जसमा किशन मास्के, जयप्रकश शर्मा, विवेक अग्रवाल, मनोजकुमार अग्रवाल तोदी, रविकुमार राई, राजेन्द्र श्रेष्ठ, शैलेन्द्रकुमार आचार्य (प्रमोद), शशी साह, बर्षा अग्रवाल श्रेष्ठ, अमित अग्रहरी, उपेन्द्र चाम्लिङ, काजी गिरी, दिनेश राई, नविन राजभण्डारी, नविन लिम्बु, राजेश अग्रवाल, सीताराम आचार्य, ममता शाक्यले उमेद्वारी दिनुभएको् थियो । जसमा उपेन्द्र चाम्लिङले ६२२, किशन मास्के ६६४, जयप्रकाश शर्मा ६६४, नविन राजभण्डारी ६७५, मनोज तोदी अग्रवालले ६१९, राजेश अग्रवाल ६४४, शैलेशकुमार आचार्य (प्रमोद) ६५१, शशी साह ६७१ र महिलातर्फ बर्षा अग्रवाल श्रेष्ठले ८०१ मत ल्याएर विजयी हुनु भएको छ ।

बस्तुगततर्फ नारायण र राम स्वरुप निर्वाचित

धरान । सुनसरी उद्योग वाणिज्य संघको सोमबार भएको मतदानको मंगलबार घोषित परिणाम अनुसार वस्तुगततर्फ दुई जना सदस्यमा नारायण लिम्बु पन्धाक र रामस्वरुप शर्मा विजयी हुनुभएको छ । घोषित परिणाम अनुसार १८ मत मध्ये रामस्वरुप शर्माले ११ मत प्राप्त गर्नुभएको थियो भने नारायण लिम्बु पन्धाकले १० मत ल्याउनु भएको थियो ।
यसैगरी उद्योतर्फ चार सदस्यका लागि भएको निर्वाचनमा पियुस आचार्यले सर्वाधिक मत प्राप्त गर्नुभएको छ । आचार्यले ५७८ मत प्राप्त गर्नुभएको थियो भने प्रभाव खतिवडाले ५३०, महेन्द्र प्रधानले ५२१ र विष्णु बरालले ४९३ मत प्राप्त गर्नुभको छ । यसैगरी उप विजेतामा भोला श्रेष्ठले सम्मानजनक ४१५ र चन्द्रप्रशकाश बज्गाईले २८४ मत प्राप्त गर्नुभएको छ । यस भन्दा अगाडि एसोसिएट्का तर्फबाट अशोक जैन, राजु साह, गोपाल श्रेष्ठ र स्मृति श्रेष्ठ निर्विरोध निर्वाचत हुनुभएको थियो ।

पान नम्बर विना नै उवासंघको सदस्य बनेकाहरुबाट करोडौ राजस्व गुम्दै

धरान । सुनसरी उद्योग वाणिज्य सघको हालै सम्पन्न निर्वाचनमा मताधिकार भएकाहरुमध्ये अधिकांश आन्तरिक राजस्व कार्यालयबाट पान नं. र भ्यान नं. नभएकाहरु रहेको खुलेको छ ।
धरान उपमहानगरपालिकाबाट उमेद्वार वा सदस्य बन्नैका लागि फर्जी फर्म दर्ता गरी संघको सदस्य बनेकाहरुबाट राज्यले करोडौ राजस्व गुमाएको आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख गोविन्दराज आचार्यले बताउनुभयो ।
नगरपालिबाट एक पटक लिएको व्यवसायिक प्रमाणपत्र समेत उनीहरुले नविकरण नगरी निवेदन दिएर खारेज
गरेका छन् तर संघको प्रत्येक बर्ष नविकरण गरेर सदस्य बनिरहन्छन् । यस सम्बन्धमा प्रमुख आचार्य भन्नुहुन्छ यो प्रावधान नै गलत छ । संघको सदस्य लिन आन्तरिक राजस्व कार्यालयबाट पान वा भ्याट नम्बर लिएको र कर क्लियरेन्स गरेको कागजात हुनुपर्छ । यही विषयलाई लिएर मैले सुनसरी उद्योग वाणिज्य संघलाई असार १५गते पत्र पनि लेखेको छु । नैतिकता, कानुनी आधारका विषय छन् । उद्योगी व्यवसायी भएर सघको चुनावमा मताधिकार प्रयोग गर्ने, उमेद्वार हुने त्यमध्ये् कति विजय हुने कति पराजय हुने पनि होलान् ।
उहाँहरुले पान नम्बर लिएर मात्र हुँदैन, पान लिएर कर चुक्ता नगर्ने कर बक्यौता राख्ने, कर नतिर्ने पनि त्यही भित्रबाट हुन सक्छन् । त्यो सबै क्लियर गरेर मात्र मताधिकारको व्यवस्था गर्नु भनेर उद्योग वाणिज्य संघलाई पत्र लेखेको हो । अब हामी भोलि सबै ठाउँको अनुगमन गछौं । उहाँहरुको नाम हेरेर फिल्डमा जान्छौं । सकेसम्म उल्लेख भएको ठेगनामा जान्छौ र पान नं. मा दर्ता गर्न आउ भन्छौं । अटेरी गरेमा त्यही पान नम्बर दिन्छौं । सुनसरी उद्योग वाणिज्य सघको विधान नै कमजोर छ । उहाँहरुले विधान हामीलाई पठाइ दिनुभएको छ ।
विधानमा कर कार्यालयबाट पान वा भ्याट नम्बर लिनुपर्छ भन्ने रहेनछ । स्थानीय वा घरेलुमा दर्ता भएकाले सदस्य बन्न पाउने भन्ने रहेछ । मैले उहाँहरुलाई भनेको छु अबको पहिलो बैठकबाट विधान संसोधन गर्नुस्, आचार्यले भन्नुभयो ।

तपाईको प्रतिक्रिया