राजधानी । नेपालको अत्यन्तै निकटको छिमेकी मुलुक भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विभिन्न हितग्राही सस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा बस एकसाथ प्रदान गरेको छ ।
नेपालका विभिन्न जिल्लाहरुमा रहेका त्यस्ता हितग्राही संस्था खासगरी स्वास्थ्य र शिक्षाका क्षेत्रमा समर्पित सहकारी, गैर सरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई आइतबार भारतीय राजदूतावास परिषरमा आयोजित विशेष कार्यक्रमका बीच एम्बुलेन्स र बसहरु हस्तान्तरण गरिएको थियो ।

नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौड्यालको उपस्थितिमा नेपालका लागि भारतका नवनियुक्त राजदूत नविन श्रीवास्तवले एम्बुलेन्स र बसको चाबी सम्बन्धित संस्थालाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै भारतीय राजदुत नविन श्रीवास्तवले भन्नुभयो एम्बुलेन्स र बस हस्तान्तरण कार्यक्रम भारत स्वतन्त्र भएको ७५ औँ बर्षगाँठ मनाउन भारत सरकारले अगाडि सारेको आजादीका अमृत महोत्सव अन्तर्गतकै एक कार्यक्रम हो । उहाँले भन्नुभयो भारतीय राजदूतावासले स्वास्थ्य शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्न नेपाल सरकारले गरेको प्रयासलाई टेवा पु¥याउन नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत यस किसिमको सहयोग भारत सरकारले प्रदान गर्दै आएको परम्पराकै रुपमा
रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो नेपाल र भारतबीच सदियौ पुरानो विरासत बोकेको इतिहास छ । नेपालका शिक्षा र स्वास्थ्य क्षेत्रलाई थोरै भएपनि टेवा पुगोस् जनजीवन सहज होस् र नेपालको विकास यात्रमा मूर्त प्रगति होस् र भारत नेपालबीच रहेको विकास साझेदारी सम्बन्ध थप मजबुत होस् भन्ने हेतृुले एम्बुलेन्स र बस उपहार स्वरुप प्रदान गरिएको राजदुत श्रीवास्तवले बताउनुभयो ।
भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाहरुको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौड्यालले सो अवसरमा मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । उहाँले भन्नुभयो भारत सरकारका तर्फबाट प्राप्त यस्ता परियोजनाहरुले नेपाल र भारतका जनता जनताबीचको सम्बन्ध, सम्पर्क मात्र सुदृढ बनाउँदैन अपितु दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । सन् १९९४ यता भारत सरकारले नेपालका विभिन्न जिल्लाहरुमा रहेका हितग्राही संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स, १८४ वटा स्कूल बसहरु उपहारस्वरुप प्रदान गरिसकेको
छ । यसबाट नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सुदृुढ हुने र जनतामा सेवा विस्तार भएको दुतावासद्वारा आइतबार जारी विज्ञप्तीमा जनाइएको छ ।
