लालीगुरास । पूर्वी पहाडी जिल्ला तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । विगतदेखि नै तेह्रथुमको म्याङलुङ बजार ढाका कपडाको मुख्य उत्पादन हुने जिल्ला भएपनि सरकारी ध्यान यसतर्फ पुग्न सकेको थिएन । तर ३९ वर्षपछि ढाका कपडाले राजधानीको स्वरूप पाएको छ । ३९ वर्ष अगाडि देखि तेह्रथुममा ढाका कपडा बुन्ने गरिएको थियो ।

यहाँका प्रत्येक घरका महिलाहरु ढाका कपडा बुन्ने तान राखेर व्यवसायिक ढाका कपडा उत्पादन गर्ने गरेका छन् । सन् १९८३ मा तीन वर्ष लगाएर बेलायती नागरिक सुसी डान्स्मोरले तेह्रथुममा उत्पादन हुने ढाकाका कपडाको अध्ययन तथा अनुसन्धान गरेकी थिइन । उनले ढाका कपडा बुन्दा प्रयोगमा ल्याइने धागोको रङ्गको छनोट गरिदिएपछि तेह्रथुममा ढाका कपडा बुन्नेहरू आकर्षित भएका थिए ।
सोमवार तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरिएसँगै यहाँ ढाका कपडा उद्योगीहरु उत्साहित बनेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढाका कपडाको राजधानी घोषणा
गरेसँगै उनीहरुले उत्पादन गरेको ढाका कपडाले व्यवसायिक प्रवद्र्धनमा सरकारले सहयोग गर्ने अपेक्षा रोखेका छन् । । हाते तानबाट बुनिने भएकाले पनि तेह्रथुमे ढाका प्रतिको आकर्षण बढ्दो रूपमा रहेको व्यवसायी रामसिंह आलेले बताउनुभयो । उहाले भन्नुभयोे–‘ढाका कपडा बुनेर नै धेरैले आफ्नो जिविको पार्जन गर्ने गरेका छन् । यहाँको ढाका कपडा नेपालमात्र हैन विदेशमा समेत प्रख्यात छ, यहाँको सीपलाई सरकारी स्तरबाट प्रवद्र्धन गर्ने काम गरिएको छैन ।’ म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जय तुम्बाहाम्फेले तेह्रथुमको आकर्षण नै ढाका कपडा भएको बतउनुभयो । उहाँले भन्नुभयोे–‘यहाँको उत्पादनलाई प्रवद्धृन गर्न स्थानीय सरकारले पहल गरिरहेको बताउदै यसको बजारीकरणका लागि प्रदेश र संघीय सरकारलाई पहल कदमी गर्ने हाम्रो सोच छ ।’ म्याङ्लुङ नगरपालिका भित्र मात्रै ४ हजार ५ सय भन्दा बढीले रोजगारी पाएका छन् । ढाका बुन्नेहरूमा धेरै महिलाहरू रहेका छन् ।
घोषणापछि सीप विकास, प्रविधिको बढवा र बजारीकरणमा पनि अगाडि बढाइने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले बताए । उहाले भन्नुभयोे–‘तेह्रथुमको ढाका कपडा लोकप्रिय छ, यसको बजारीकरणका लागि मन्त्रालयले प्राथमिकतामा राखेको छ ।’लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु मावुहाङले तेह्रथुम हरेक दृष्टिकोणले अगाडि रहेको बताउनुभयो । उहाँले धार्मिक पर्यटकीय क्षेत्रमा मात्र हैन घरेलु उद्योगमा समेत तेह्रथुम अगाडि रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, तेह्रथुमको म्याङलुङ बजार ढाका कपडाको प्रख्यात स्थान हो, ढिलै भएपनि ढाको राजधानी भएको छ, यसलाई बजारीकरण गरेर राज्यले यहाँका उद्योगीहरुलाई प्रोत्साहन गर्र्नुपर्छ । यसअघि मन्त्रालयले पाल्पालाई पनि ढाका कपडाको जिल्ला घोषणा गरेको थियो । घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुमका अनुसार जिल्लामा १ सय ४५ वटा ढाका कपडा उद्योग दर्ता भएर सञ्चालनमा रहेका छन् । १ हजार भन्दा बढी उद्योग भने विना दर्ता संचालन भएका अनुमान कार्यालयको रहेको छ । तेह्रथुममा ढाका कपडा बुनाइ सम्बन्धी तालिम लिनेको सङ्ख्या १० हजार भन्दा बढी छ ।
