धरान । द्रुत सेवामार्फत राहदानी बनाउने उद्धेश्यले सरकारले शुरु गरेको राष्टिूय परिचयपत्र बनाउने सर्वसाधारणले हैरानी व्यहोर्नु परेको छ । आवेदन फर्म बुझाइसकेपछि राजस्व बुझाउने त्यसमाथि फोटो खिच्ने काम सक्नकै लागि पनि एक हप्ता भन्दा बढी समय लाग्ने गरेको इलाका प्रशासन कार्यालय धरानमा राष्टिूय परिचयपत्र लिन जानेहरुको गुनासो छ ।

अहिले सरकारले नयाँ राहदानीका लागि राष्टिूय परिचयपत्र नम्बर अनिवार्य गरेपछि धरान १४ का पञ्कज घिमिरे राष्ट्रिय परिचय पत्रका लागि इलाका प्रशासन कार्यालय धरान पुग्नुभयो । तर घण्टौ लाइनमा बस्दा पनि पालो नआएको घिमिरेको गुनासो छ । उहाँले वडावडाबाट यो सेवा प्रदान गरे सबैलाई सहज हुने बताउनुभयो ।
नेपाली नागरिकहरूलाई राष्ट्रिय पहिचान सहितको बहुपयोगी बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले शुरु गरेको राष्ट्रिय परिचयपत्र लिन सर्वसाधारणलाई झन्झिटलो प्रक्रियाका कारण नागरिकले दुः ख पाइरहेका छ । सुनसरीमा जिल्ला प्रशासन कार्यालय र मातहतका इलाका प्रशासन कार्यालयबाट मात्र दिने प्रावधान हुदा अत्याधिक भीड बढेको इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई बताउनुहुन्छ । उहाका अनुसार यहाबाटमात्र १ लाख ७६ भन्दा बढीलाई सेवा प्रदान गर्दाे समस्या भएको बताउनुभयो ।
इलाका प्रशासन कार्यालयमात्र राष्टिूय परिचयपत्र लिनेको संख्या सैयौ रहेको छ । अत्यन्तै भीडभाड हुने भएकोले सेवाग्राही मारमा परेका हुन । राष्ट्रिय परिचयपत्र वैदेशक रोजगारमा जानेहरुलाई राहदानी बनाउन अत्यावश्यक भए पनि अन्य सर्वसाधारणले समेत बनाउन जाने भएकोेले भीड बढेको हो । नेपाल सरकारले जे उद्देश्यले राष्ट्रिय परिचयपत्र बनाउनै पर्ने प्रावधान ल्याएर पनि यो प्रक्रिया झन्झिटिलो छ । यसलाई सहज रुपमा प्रदान गर्ने वातावरण नेपाल सरकारले अवलम्बन गर्न सक्नुपर्छ ।
