मोरङ । अवैध रुपमा खोला उत्खनन् गदै गरेका जेसिवीलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ । मोरङको केराबारी–८ स्थित रहेको खदम खोला, केराबारी–७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा–५ स्थित रहेको बुढीखोला र बेलबारी–२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटी, बालुवा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीले ो प्रहरी टोलीले टिफर ४ वटा, ट्रयाक्टर ४ वटा, एउटा जेसिवि र चालकहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका ९ वटै सवारी साधन सहित चालकहरुलाई आवश्यक कारवाहीको लागि वेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
