हत्यामा संलग्न तीन जनालाई प्रहरीद्वारा प्रक्राउ

झापा । झापामा हत्यामा संलगन रहेका तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका–४ सहासी टोल स्थित कच्ची सडक खण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भएसँगै प्रहरीले हत्याको आंशका गरेको थियो । अनुसन्धानकै क्रममा हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा झापा अर्जुनधारा–७ कि ३२ बर्षीया जानुका सुबेदी थापा, उनका ४९ बर्षीय श्रीमान बिर्ख बहादुर थापा र सुनसरी बराहक्षेत्र–१० का २५ बर्षीय ्रसुरेश परियार रहेका छन् । असार १२ गते ह्युम पाइप भित्र सेतो बोरामा ४० बर्षीय भारतीय नागरिक जपडिया नरेशकुमार बाबु भाइको हत्या गरेर फालिएको अवस्थामा प्रहरीले पाएपछि प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको थियो ।
पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनामनीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया