पहिरोमा परी ३ जनाको मृत्यु एक जनाको सकुशल उद्दार

पाँचथर । लगातार परेको बर्षाका कारण पाँचथरमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने एकजनाको सकुसल उद्धार गरिएको छ ।


पाँचथरको फालेलुङ गाँउपालिका–७ बिदीन स्थितमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको हो भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको हो । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाइगोठ समेत पुरेको थियो । पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्दार गर्ने क्रममा रुपलालका काका ७१ बर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो भने पहिरोमा पहिरोमा पुरिइ बेपत्ता भएकाहरुको खोजतलासको क्रममा ५५ बर्षीय रुपलाल मगरलाई शनिवार बिहान मगरकी ४२ बर्षीया श्रीमती गोमा मगर, दल प्रसादको १९ बर्षीया नातिनि एलिसा मगरलाई आइतबार बिहान मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाईको प्रतिक्रिया