संघको आगामी नेतृत्वका लागि तीन प्रतिष्पर्धीमा शिवराज श्रेष्ठ जिताउने अभियानमा–उद्योगी व्यवसायी व्यवसायीको पक्षमा काम गर्न सक्ने र स्पष्ट भिजन श्रेष्ठमा मात्र देखियो–तिम्सिना

धरान । धरानका व्यवसायी घनश्याम तिम्सिना यसपटक सुनसरी उद्योग वाणिज्य संघले सक्षम र सवल नेतृत्व पाउनेमा ढुक्क हुनुहुन्छ । संघको निर्वाचन आउँदामात्र सल्बलाउने, एउटा कोटरीभित्र रमाउने, व्यक्तिगत फाइदाका लागि नेतृत्व हत्याउन खोज्ने, विगतमा पदीय जिम्मेवारी वहन गर्न नसकेकाहरु नेतृत्वका लागि अगाडि सरेको प्रति तिम्सिनाको कटाक्ष छ ।


यही असार २० गते हुने सुनसरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि तीन जना प्रतिष्पर्धीहरु देखिएका छन् । तिम्सिना भन्नुहुन्छ व्यवसायीको पक्षमा डटेर काम गर्न सक्ने र स्पष्ट भिजन भएका संघका वर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको विकल्प अरु देखिएन । अबको नेतृत्व समग्र व्यवसायीको हितमा काम गर्न सक्ने खालको हुनुपर्छ । अन्य प्रतिष्पर्धीमा त्यो ल्याकत देखिएन तिम्सिनाको कथन छ ।
सुनसरी उद्योग वाणिज्य संघमा यतिबेला ३२ सय मतदाता भएपनि निर्वाचन उपसमितिले सदस्यता नविकरण गर्न दिएको आषाढ ९ गतेभित्रको समय सीमा सम्ममा २ हजार ९ सय ७४ जनाले मात्र नविकरण गरेका छन् । जसमा वाणिज्य तर्फ १ हजार ८ सय ५६, उद्योग तर्फ १ हजार २, एसोसिएटतर्फ ९८ र वस्तुगततर्फ १८ जनाले मात्र सदस्यता नविकरण गरेका छन् । हार्डवेयर व्यवसायी श्याम सोनी तिम्सिनाकै शैलीमा भन्नुहुन्छ उद्योगी व्यवसायीको हित चाहनेले अध्यक्षमा शिवराज श्रेष्ठको विकल्प खोज्नै सक्दैनन् । उहाँले भन्नुभयो व्यवसायीको हितका लागि शिवराज श्रेष्ठको आवश्यकता छ । यसपटक आफूले पनि एसोसिएट्सबाट सदस्यमा उमेद्वारी दिने तयारी गरेको थिएँ । तर रातारात वाणिज्यका केही सदस्यहरुलाई एसोसिएट्समा ल्याएर संख्या देखाएर तर्साउने काम भयो । विधान विपरीतको त्यस्तो गतिविधिले संस्थाको हित गर्दैन । यसमा आफूले कानुन व्यवसायीहरुसँग कानुनी परामर्श गर्दा अवैध रहेको पाएँ । म यसका लागि कानुनी उपचारमा जाने मनस्थितिमा थिएँ तर अन्य साथीहरुको आग्रहलाई मनन गरी चुप लागे ।
उता २० बर्ष अगाडि एक कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका पवन अगव्रवालले फेरि एकपटक संघको नेतृत्वका लागि आफूलाई उभ्याएका छन् । यस सम्बन्धमा संघका पूर्व अध्यक्ष विजय डाँगा भन्नुहुन्छ पवन अग्रवालले उमेद्वारी दिनु नै गलत हो । उनले त्यो भन्दा माथि जाने प्रयास गर्नुपर्दथ्यो । अर्का एक मतदाता व्यवसायीले भने अग्रवालले विष्णु लोहियालाई उचालेर विगतमा रिनो नभएको आफ्नै एउटा फर्म दर्ता गर्न पठाए । नियम संगत नविकरण हुन नसक्ने भएपछि लोहियाले बखेडा खडा गरेका छन् । अग्रवाल अध्यक्ष हुँदा नै फर्जी मतदाताको प्रावधान खारेज
गरिएको थियो, फेरि अहिले किन बखेडा उनले भने ।
अर्का एक मतदाताले भने संघ र व्यवसायीका लागि उपयुक्त व्यक्ति शिवराज श्रेष्ठ नै हु्न् । उनले भने अध्यक्षका अर्का प्रत्यासीले विगतमा पदीय जिम्मेवारीमा रहँदा संघ र व्यवसायीको हितमा काम गर्न सकेनन् । कतिसम्म पदीय लोलुपता देखाएका थिए भने अध्यक्ष राजेन्द्र साहलाई ६ महिनामै हँटाएर आफू कावा अध्यक्ष हुन खोजेका थिए । पूर्व अध्यक्ष साह काम विशेषले काठमाण्डौ जान लाग्दा उनले खाली कागजमा सही गर्न लगाई साहको राजीनामा तयार पारी आफूलाई कावा अध्यक्ष दिएको भन्ने परिस्थिति सिर्जना गर्न खोजेका थिए । साहलाई त्यसरी हटाउन खोजेको सुइँको पाएपछि गलत परम्पराको थालनी हुने भन्दै हालका अध्यक्षका सशक्त प्रत्यासी शिवराज श्रेष्ठ र राजेश अग्रवालले रोकेका थिए । साह अध्यक्ष हुँदाहुँदै निजले आफूलाई कावा अध्यक्ष भनेर बोर्ड नै बनाएको ती सदस्यले बताए ।

तपाईको प्रतिक्रिया