काठमाण्डौ । आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न नेपालका लागि नवनियुक्त भारतीय राजदुत नविन श्रीवास्तव शनिवार काठमाण्डौ आउनु भएको छ ।
सन् १९९३ मा भारतको विदेश विभागमा अधिकृतको रुपमा प्रवेश गर्नुभएका राजदूत श्रीवास्तव कुटनीतिक मामलामा विज्ञका रुपमा परिचित हुनुुहन्छ । यस भन्दा अगाडि नेपालका लागि भारतीय
राजदूतको रुपमा रहनु भएका विनयमोहन क्वात्रा आफ्नो तीनबर्षे कार्यकाल पूरा गरी फर्किएपछि दुतावासको जिम्मेवारी नियोग उपप्रमुख श्रीमति नामग्य सि खम्पाले सम्हाल्दै आउनु भएको थियो ।

काठमाण्डौ आउनु भन्दा अगाडि नवनियुक्त राजदुत नविन श्रीवास्तव नयाँ दिल्लीस्थित चीन, जापान, कोरिया र मंगोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले पूर्व लद्धाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कुटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व समेत गर्नुभएको थियो । राजदुत श्रीवास्तवले सन २०१५ देखि २०१७ सम्म कम्बोडियाको लागि भारतीय राजदुतका रुपमा काम गरिसक्नु भएको छ । यसका अलावा उहाँले अमेरिकाको वासिङ्टन, वेइजिङ्ग, संघाई र हङकमा रही विभिन्न जिम्मेवार पदमा काम गरिसक्नु भएको छ ।
