धर्मिक क्षेत्र सरसफाई

धरानलाई स्वच्छ र सफा बनाउने नगरप्रमुख हर्क साम्पाङको अभियानलाई अहिले वडा वडाबाट शुरुवा गरिएको छ । धरानलाई स्वच्छ बनाउन भीडभाड हुने क्षेत्रमा सरसफाई गर्ने, डस्विन राख्ने अभियानसँगै पर्यटकीय क्षेत्रको सरसफाईमा स्वयम् जनप्रतिनिधिह नै जुटेका छन् ।


धरानको धार्मिक पर्यटकीय क्षेत्र धरान १४ विजयपुर जहा दैनिक हजारौ मानिसहरु धरान लगायत धरान बाहिरबाट त्यहाँ रहेका मठमन्दिरमा पूजाआजा गर्न आउने गरेका छन् । मन्दिरमा आएका भक्तजनहरुले जथाभावि फोहोर गर्ने र मन्दिर नै सफा नहुने भएपछि धरान १४ वडा समितिका जनप्रतिनिधिहरु विजयपुरमा रहेका मठमन्दिरका सरफाईमा जुटेका हुन् ।वडाले गत शुक्रबार पहिलो चरणको सरसफाई कार्यक्रम रेडक्रस चोक देखि विजयपुर चोक सम्म गरेको मन्दिरसम्म पुग्ने सडक सफा राख्ने उद्देश्यले सरसफाई गरिएको थियो । भने दोस्रो चरण अन्तर्गत धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा सरफाई ्रगरिएको थियो । वडाका जनप्रतिनिधि, ्रकर्मचारी , सुरक्षाकमर्मी र टोलवासीहरु मिलेर वडामा रहेका विभिन्न टोलहरुको सरसफाई सँगै धार्मिक क्षेत्रहरुमा सरसफाइ शुरु गरिएको वडा अध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो ।
सरसफाई मानिसका जीवनसंग प्रत्यक्ष जोडिएको विषय भएकोले धार्मिक क्षेत्रको सरसफाईमा वडाबासी जुटेको उहाँ बताउनुहुन्छ । आफ्नो ठाउँ आफै सफा  गरौ भन्ने सचेतना फैल्याउन पनि सफाइ अभियान शुरु गरेको भट्टराइको भनाई छ । दन्तकाली मन्दिरका पुजारी एवम् १४ नं. वडा समितिका सदस्य कमल भट्टराईले घरदेखि टोलहुदै सबै स्थानमा सरसफाई गर्नुपर्छ भन्ने अभिप्रायले पनि साप्ताहिक रुपमा सरफाई थालिएको बताउनुभयो । धरान १४ विजयपुर धार्मिक र ऐतिहासिक पर्यटकीय स्थल हो । धार्मिक मठ मन्दिर तथा पर्यटकीय स्थलहरु स्वच्छ र सफा भएमात्र अधिक भन्दा अधिक धार्मिक पर्यटक भित्रिने छन् वडावडाबाट शुरु गरिएको या अभियानले धरानलाई स्वच्छ, सफा र सुन्दर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया