धरान । पूर्वका कालाहरुहरु चित्रकलाको माध्यमबाट प्रदेश न. १ को प्रचारप्रसारमा जुटेका छन् । प्रदेश नं. १ मा रहेका धार्मिक, प्राकृतिक र पर्यावरणीय पर्यटनको प्रवद्र्धनका लागि चित्रकला कार्यशालाको आयोजना गरेरै उनीहरुले प्रदेश नं. १ मा रहेका महत्वपूर्ण तर ओझेलमा परेका स्थानलाई चित्रमा कोर्ने प्रयास गरेका थिए ।
प्रदेश १ का विभिन्न स्थानबाट आएका १५ व्यावसायिक चित्रकारले धरानको बहुआयामिक पर्यटनका क्षेत्रलाई कुचीमा प्रत्यक्ष उतारेका छन् । परिवर्तनका लागि सामाजिक अभियानका संयोजक निशन नेपाललले धार्मिक, प्राकृति र पर्यावरणीय पर्यटन प्रवद्र्धनका लागि चित्रकला कार्यशालाको आयोजना गरिएको बताउनुभयो । उहाले परिवर्तनका लागि सामाजिक अभियान शिक्षा, स्वास्थ्य र पर्यटनमा केन्द्रित भएर काम गर्ने भएकोले पनि पर्यटन प्रवद्र्धनमा चित्रकला कार्यशाला आयोजना गरिएको बताउनुभयो ।
चित्रकारहरुले धार्मिक, प्राकृतिक र पर्यावरणीय पर्यटनका क्षेत्रलाई चित्रमा उतारेका छन् । स्थानीय भेषभुषा र सास्कृतिक पक्षलाई समेत चित्रकलामा उतारेका छन् । परिवर्तनका लागि सामाजिक अभियान नामक सस्थाको आयोजनामा चित्रकला कार्यशाला आयोजना गरिएको हो । पर्यटन प्रवर्धन, कला क्षेत्रको विकास र चित्रकारहरुको साक्षात्कारका लागि कार्यशाला फलदायी हुने विश्वास गरिएको छ ।
