लागुऔषध ब्राउनसुगर सहित पाँचजना पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखाबाट अबैध लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको खरिद विक्री भइरहेको सूचना इलाका प्रहरी कार्यालयले झिलझिलेले पाएपछि सुचनाको आधारमा आइतवार बेलुका ४ बजे प्रहरी टोलीले माई नगरपालिका–८ ईलामका २५ बर्षीय सुजेन्द्र राई, झापा कन्काई नगरपालिका –३ का ४३ बर्षीय बेनु प्रसाद चिमरिया र कन्काई – ४ का ३२ बर्षीय हेम नारायण चौधरीलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो ।


पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १७ ग्राम लागुऔषध ब्राउनसुगर, नगद ८८ जार ५ सय, मोवाइल २ थान र ३ थान मोटरसाइकल बरामद गरेको छ । यसैगरी सोही स्थानमा लागुऔषध खरिद गर्न आएका दमक नगरपालिका–१० का २८ बर्षीय सुजन राई र दमक नगरपालिका–९ का २५ बर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिइएको हो । पक्राउ
परेका पाँच जनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलााका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

तपाईको प्रतिक्रिया