चीन र भारत जोड्ने उत्तर दक्षिण लोकमार्ग ओलाङचुङगोला सडकको ट्रयाक खुल्न १.५ किमी बाँकी : कञ्चनजंघा वन्यजन्तु आरक्षण क्षेत्रको ३१ हेक्टर क्षेत्रफलको ६२७ रुख कटान नुहँदा काम रोकियो

ताप्लेजुङ (सुकेपानी) । चीन र भारत जोड्ने अन्तरदेशीय उत्तर दक्षिण लोकमार्ग ताप्लेजुङको दोभान ओलाङचुङगोला सडकको ट्रयाक खुल्न अब १.५ किमी बाँकी रहँदा काम रोकिएको छ ।
कञ्चनजंघा वन्यजन्तु आरक्षण क्षेत्रमा पर्ने सुकेपानीमा आरक्षणको ३१ हेक्टर क्षेत्रफलमा रहेको विभिन्न प्रजातिका ६ सय २७ रुख कटानको अनुमति निर्माण पक्षले नपाउँदा काम रोकिएको हो ।
आरक्षण भित्रका रुख कटानका लागि २०७९ वैसाख १४ गते नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरेको भएपनि कार्यान्वयन तहमा पुग्न नसकेको उत्तर दक्षिण ओलाङचुङगोला सडक आयोजनाले जनाएको छ । सडकको ट्रयाक खोल्ने जिम्मा पाएको ठेकेदार कम्पनी एसविए एलाइट जेभीका इन्जिनियर राजीव लामिछिनेले पत्र प्राप्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो ताप्लेजुङको सदरमुकाम फुङलिङ भन्दा अगाडि दोभान भएर जाने सडक सुकेपानीमा पुगेपछि कञ्चनजंघा वन्यजन्तु आरक्षण भएर जान्छ । जसले गर्दा आरक्षणका रुखहरु नकाटी सडकको ट्रयाक खोल्न सकिदैन । रुखहरु काट्नैपर्छ ।


उता संरक्षण क्षेत्र व्यवस्थापनका अध्यक्ष खगेन्द्र फोम्बोले भन्नुभयो मन्त्री परिषद्ले दुई महिना अगाडि रुखहरु काट्ने निर्णय गरेको भन्ने सुन्नमा आएको छ । हामीलाई अझैसम्म पत्र प्राप्त भएको छैन । मन्त्रिपरिषद्ले निर्णय गरेकै भरमा रुखहरु काट्न पाइँदैन । आरक्षणको आफ्नै नियम र ऐन छ । उनले भने मन्त्रिपरिषद्ले निर्णय गरे पनि सहजै रुख काट्न पाइदैन । आरक्षण क्षेत्रले ओगटे बमोसिजमको जग्गा सम्बन्धित निकायले खरिद गरेर दिनुपर्छ र वृक्षारोपण गर्नुपर्छ । टरूया खुल्न बाँकी रहेको डेढ किमी सडकमा सात सय मिटर त अत्यन्तै कडा चट्टाने भीर रहेको छ । रुखहरु काट्दैमा ट्रयाक खुलिहाल्ने होइन । चट्टाने भीरमा विस्फोट गराएर मात्र ट्रयाक खोल्न सकिन्छ इन्जिनियर लामिछानेले भन्नुभयो ।
ओलाङचुङोला सडक कार्यालयका डिभिजन इन्जिनियर (डिई) अमिन्द्र खड्काका अनुसार झण्डै तीन महिनादेखि सडकको ट्रयाक खोल्ने काम रोकिएको छ । सडक निर्माणका लागि ल्याइएका हेभी इक्ययुपमेन्टहरु साइडमा थन्क्याइएको छ । कञ्चनजंघा बन्यजन्तु आरक्षण क्षेत्रले ओगटेको जग्गाको पैसामा मुआब्जा दिने व्यवस्था भए रकम दिएर काम अगाडि बढाउन सकिन्थ्यो । उहाँले भन्नुभयो पैसा दिएर रुख कटान गरी सडकको ट्रयाक खोल्न पाए तीन महिनाभित्रमा ओलाङचुङगोला सडकको ट्रयाक खुल्छ । विस्फोटनका लागि नेपाली सेनाको विकास निर्माण गण तयारी अवस्थामा बसेको छ । उनीहरुले ६ महिना अगाडि नै विस्फोटक पदार्थको भण्डारण गरी सकेका छन् । नेपाल चीन सीमानाका टिप्तला भन्ज्याङदेखि सुकेपानीसम्मको ट्रयाक खुलिसकेको छ । यो सडकको ट्रयाक खोल्न चीनको डिङ्गजे काउन्टीबाट उपकरणहरु ल्याएर खोलिएको हो । यसैगरी गोलाबाट सुकेपानी सम्मको ३२ किमी र टिप्तला भन्ज्याङदेखि गोलासम्मको २४ किमी सडकको ट्रयाक खुलेकोले चीनका तर्फबाट उक्त क्षेत्रमा ट्रयाक्टर लगायतका सवारी साधन चल्ने गरेका छन् । ओलाङचुङगोला सडकको ट्रयाक तापेथोक लेलेप रानी पुल, दोभानबाट शुरु भएको हो ।

तपाईको प्रतिक्रिया