चिप्लिएलान् जस्तो छ
हिजोआज एस पार्टीका जमिन्दार माकुनेको चौतर्फी अपमान मात्र हुन थाल्या छ । एक बर्ष अगाडिसम्म चौतर्फी मान मात्र पाएका माकुनेको दिनदिनै अपमान हुन थालेपछि विचराकोे फोक्सो कति पोल्दो हो ? झेमालेबाट मन्तरी बनाइदिन्छु भनेर फकाई फुल्याई ल्याएकाहरुमध्ये मन्त्री र अमन्त्री दुवैले विचराको रौं विनाको टाउको कुटुकुटु खान थाल्या छन् । मन्तरी भएकाहरुबाट मन्तरीबाट फिता आउन नमान्ने अनि अझसम्म मन्तरी हुन नपाएकाहरु मन्तरी नखाई नछाड्ने । मन्तरी भएकाहरु मन्तरीबाट फिर्ता हुनुपरे पार्टी छाड्ने अनि मन्तरी हुन नपाएकाहरु मन्तरी हुन नपाए अर्कै पार्टी गठन गरेर चल्दिने । आफ्नैले पनि माकुनेलाई टेरपुच्छर लगाउन छाड्या छन् । उता प्रचण्डाउ र माकुनेबीचमा पनि खटपटी भएछ । माकुनेका कुरा देउवा काजीले सुन्नै छाड्या छन् । गठबन्धनबाट पनि अपमान, आफ्नैबाट पनि झन घोर अपमान, आउने चुनाउ सम्ममा त सबै आफन्तले छोडेर चल्देलान जस्तो छ । माकुनेसँग आफन्तै नभएसी तिन्ले देउवा र प्रचण्डाउले पनि बाल मतलब दिँदैनन् । क्या फसाद ? विचाराको हरिविजोगौ भयो ।

जस्को सिङ छैन उसैको नाम…
हाम्रा बाबु बाजेहरुले पहिला पहिला बनाएका उखान टुक्काहरु साह«ै घतलाग्दा छन् । जुन गोरुको सिङ छैन त्यसैको नाम तीखे । तीखे सिङ भएकाहरुलाई पो तीखे भन्छन् त । सिँगै नभएकाको नाम पनि कहीँ तीखे हुन्छ ? नेपालको राजनीतिमा त्यस्तै एक मनुवा देखिएका छन् झल्लाझलु आच्या सर्पनाथ । आगामी प्रदेशसभा र संघको निर्वाचनमा तिन्लाई कुस्त सिट चाहियो रे । संघको निर्वाचनमा ४० सिट पनि नपाए गठबन्धनमा बस्नुको औचित्य छैन रे । कुन हैसियतले झलुलाई ४० सिट दिने होला ? स्थानीय निर्वाचनमा काँग्रेसले दया गर्दा लाज छोपिएको कुरा तिन्लाई हेक्कै रहेन छ । धन्न सर्वाङ्गै नागो हुनबाट जोगिएका छन् । एक्लै चुनावमा जाने ल्याकत पनि छैन अनि अर्काको बुई चढेर सर्वाङ्ग हुनबाट जोगिएको विचरालाई हेक्कै रै’नछ । वित्थामा ४० सिट माग्न लम्पसार पर्नुभन्दा १ सय ६५ सिटमै उमेद्वारी दिँदा भैगयो ।
उखान टुक्काले देश चल्दैन रे
वाल्वाटारे मुखिनीको थुतुनो हिजोआज निक्कै प्यार प्यार गरेर चल्न थाल्या छ । अस्तिका दिन तिन्ले भन्या उखान टुक्काले देश चल्दैन रे । उखान टुक्का पनि भन्न जान्नु प¥यो नि । तरहरी ¥याल चुहाउने, चुहेको ¥याल आफ्नै हातले पुछ्ने, संसददेखि सार्वजनिक कार्जेक्रममा घ्वारघ्वार्ती सुत्ने, बोलेको कुरा फिटिक्कै नबुभझिने ुमखियाले मात्र देश चलाउन सक्छन् । मुुखिया बालाई उखान टुक्कै आउँदैन । बोल्ने वित्तिकै मान्छेहरु गलल हाँस्छन् । मुखिया वाले उखान टुक्का भनिरहनै पर्दैन । मुखिया बाले बोल्ने कि खित्का छुट्यो । बरु मुखिनीले पो नबुझ्या
रै’छ मुखिया वा को उखान टुक्का थुतुनोमै झुण्डिएको छ भनेर ।
कोस“ग मिल्ने मिल्ने
आउँदो सघ र प्रदेशको निर्वाचनमा कुन दलसँग मिल्ने भनेर यतिबेला छविलाल बाजे बडो दोधारमा प¥या छन् रे । अस्तिका दिन तिन्ले आफ्नै थुतुनोले कुरा कोट्याइ हाले कोसँग मिल्ने भनेर दोधारमा प¥या छु रे । नकचराहरुको थुतुनोको टुंगो हुँदैन भन्थे हो रै’छ । कहिले एमालेसँग मिल्ने भनेर काँगे्रस थर्काएको छ, कहिले के भनेर काँग्रेससँग बार्गेनिङ्ग ग¥या छ । तिन्लाई भलिभाँति थाहा छ एमालेले तिन्लाई फिटिक्कै घाँस हाल्दैन भनेर । फेरि पनि एमालेको नाम लिएर काँग्रेसलाई तर्साएको छ तर्साएको छ । आफ्नो औकात हेर्न एकपटक एक्लै चुनाउमा गए भैगायो । सधै अरुको बुई चढेर छविलालले जेहोस् घर परिवारचाहिँ धान्या छन् ।
कोष चाहियो रे
माखे साँग्लो परेर निर्वाचित भएका धरान उपमहानगरपालिकाका उपमेयरलाई उपमेयर कोष चाहियो रे । त्यो पनि सानो तिनो रकम हो र ? झ्याम्मै असी लाखको । कही नभएको जात्रा हाँडी गाउामा भन्या यही हो । आजसम्म कसैले उपमेर कोष चाहियो भनेर थुतुनो खोल्न सक्या थिएनन् । अहिलेका उपमेयरले त नाइ मलाई ८० लाखको कोष चाहियो भनेर थुतुनो फट्कार्दै खुट्टा बजारेका बजारियै छन् । हुन त तिनको पनि आफ्नै पीडा होला । बल्लतल्ल अरुको बुई चढेर उपमेयर भा’छन् । फेरि हुन पाइला कि नपाईला । पाइया बेला हल्का फुल्का रैदेलो त गनैप¥यो । वित्थामा वडाध्यक्ष, कार्यापालिका सदस्येहरुले विरोध गर्छन् । भित्री गृुह्य कुरा बुझिदिनु पर्दैन ? सान्डामा बस्न त उनी उपमेयर भा’ हैनन् । ८० लाख भए यसो आफ्नो पनि गर्जो टर्ने साथीभाईलाई पनि मुख बुझो लगाउन पाइने । बात बुझ्नुमा छ ।
बाउदेउको बकबक
नेपालको राजनीति रछ्यिानमा पुग्या बाउदेउ कहिलेकाहीँ तनक्क घाँटी तन्काएर बकबक गर्छन् । राजनीतिमा जहिल्यै अस्थिर रहने अस्तिका दिन तिन्लो भन्या प्रचण्डकै कारण नेकपा विभाजित भा’ हो । आफू प्रचण्डको पक्षेमा नलाग्या भए नेकपा फुट्ने थिएन । आँची गरिसक्यो अनि दैलो देख्यो भनेझैँ । फुटाउने बेलामा महाभारत मच्चाउने अनि अहिले रामायण सुनाउने ? हुन त सबैलाई थाहा छ बाउदेउ चरित्रै त्यस्तै हो । कहिले आफ्नै पार्टी फुटाएर बटारिएर हिँड्ने, कहिले एउटाको पक्षेमा लागेर अर्कोेको मलद्वार नै साफ गर्दिने, रोइकराई गरेर राष्ट्रिय सभामा पुग्ने, राष्ट्रियसभा सदस्ये पनि पर्धानमन्तनसरी बन्न पाउनुपर्छ भनेर संविधान परिवर्तनका लागि नन्दीभृंगीहरु उचाल्ने । बाउदेउ किस्साको बयान गरिसाध्यै छैन ।
बाजेको चेत खुल्न लाग्या हो ?
पद भनेसी ¥याल चुहाउने तर कहिल्यै नजुर्ने जहिल्यै नि उत्तानोचित्त हुने तनहुँतिरका रामचन्द्रे बाजेले भन्या गठबन्धनका नाममा सिट जति सबै अरुलाई दिएर काँग्रेसचाहिँ वनबास जाने ? घर सांग्लाहरु खेदाएर वन सांग्ला हुलेसी वनबासै हुन्छ । काँग्रेस सिध्याउने नै गठबन्धन गरेसी वनबास त जानै प¥यो । बाजेको चेत खुल्या त पक्कै होइन । विचरालाई एक्लै तनहुँबाट चुनाव लड्ने लुर पनि छैन अनि अरुले धेरै सिट माग्यो भनेर वित्थामा किन ल्याङ्ग ल्याङ्ग गर्नु ?
अन्तेमा
माउवादी नेता बर्षमान पुनले लाँग्रेसले सम्मानजनक सिट सख्या बाँडफाँड नगरे गठबन्धन टुट्छ भनेर फलाकेछन् । चिन्ता नगर बर्षमान † देउवा काजी छउन्ज्याल राम्रैसँग गठबन्धनको भरणपोषण हुन्छ । आफ्नालाई सिध्याएर भए नि काजीले तिमेरलाई जोगाइ ्रराख्ने कसम खा’छन् । यसका लागि काजी जस्तो सुकै कदम चाल्न पनि तयार छन् । बस उनलाई वाल्वाटारको पलङबाट उतार्ने कामचाहिँ नगर्नु । काजीलाई त्यति भए पुग्छ अर्थोक सबै भाँडमा जाओस् । सम्माजनक सिट संख्या वाँडफाँड हुन्छ । विचरा काजीलाई आफ्नाको भर छैन विश्वासिला र भरपर्दा तिमेरु त हौ । आखिरी काजीलाई सात पटक पर्धानमन्तरी जो बन्नु प¥या छ ।
