हाासपोसा (इटहरी)/ प्रजातन्त्र प्राप्तिको एकमात्र उद्देश्यका साथ जीवन पर्यन्त संघर्ष गर्नुभएका प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता, लौह पुरुष स्व. गणेशमानसिंहको शतबार्षिकी अवसरमा इटहरी उपमहानगरपालिका वडा नं. २३ भवानीपुरमा गणेशमानसिंह स्मारक पार्क बन्ने भएको छ ।
भवानीपुर सामुदायिक वनमा रहेको स्थानीय थारु आदिवासीको शब्दमा भुताहा बााध हल चलन चल्तिमा रहेको भुलभुलैया सिमसार क्षेत्र रहेको स्थानलाई गणेशमान सिंह स्मारक पार्कका रुपमा विकास गरिने भएको छ ।
नेपाली कााग्रेस सुनसरीका प्रशिक्षकका रुपमा स्थापित एवम् सक्रिय कार्यकर्ता दिलकुमार वनले हरेक दृष्टिले भवानीपुर सामुदायिक वनको सीमसार क्षेत्र सिंहको स्मारक पार्क बनाउन उपयुक्त रहेको भन्दै गणेशमान सिंह फाउन्डेशन सुनसरीमा प्रस्ताव राख्नु भएको थियो । फाउन्डेशनले समेत यसलाई उपयोगी ठहर गर्दै स्मारक बनाउने प्रस्ताव सर्वसम्मतले स्वीकारेको थियो । जस अनुसार वैसाख ४ गते शुक्रबार गणेशमानसिंह फाउन्डेशन सुनसरीका अध्यक्ष मदन श्रेष्ठको नेतृतवमा फाउन्डेशनका पदाधिकारी, सल्लाहकार, बुद्धिजीविहरुले निर्माणाधीन स्मारक पार्कको वनभोजसागै अवलकेकन भ्रमण गरेको थियो ।
सो अवसरमा गणेशमानसिंह स्मारक पार्कका परिकल्पनाकार तथा श्रष्टा फाउन्डेशन शान्ति निकेतन इटहरीका विक्रम श्रीको परिकल्पनाको अवधारणा पत्र पस्तुत गरिएको थियो । अवधारणा पत्रमा सर्वोच्च नेता गणेशमानसिंहकको स्मारक, सिमसार संरक्षण तथा जलासय निर्माण, जैविन विविधिता संग्राहालय, टोपरी वाटिका गार्डेन, प्राकृतिक रुपमा पजल गार्डेन (भुलभुलैया सहितको चिल्ड्रेन पार्क, वनभोज स्थल र स्थानीय ग्रामीण क्षेत्रका बासिन्दालाई आन्तरिक पर्यटन प्रवद्र्धन गरी व्यवासयिक तथा कृषि क्षेत्रको आय आर्जन गर्न सहयोग पुर्याउने रहेको १९७२ सालमा जन्मनु भएका सिंहको सिमसारको जलासयको बीचमा ७२ फुट अग्लो स्तम्भ पमा प्रतिमा राखिने परिकल्पनाकारको योजना रहेको छ । नेपाली मौलिक शैलीमा स्मारक प्रवेश चारवटा द्वार हुने छन् जन प्यागोडा, गुम्बा, शिख र मुगल शैलीको हुन्े छ । जलाशयमा कुनै प्रकारको अवरोध नहुने गरी स्मारक घुमाउने घर समेत निर्माण गरिने छ ।
अवधारणापत्रमा भनिएको छ, गणेशमानसिंहको आत्मा, शान्ति, अमरत्वको कामनाका लागि स्कारकको वरिपरि फोहोरा सहितको जलासय निर्माण हुनेछ । अग्लो र आकाश दिपको प्रयोगले स्मारक टाढाटाढाबाट देख्न सकिनेछ । स्मारक स्थलमा प्राकृतिक सुन्दरताका लागि केही बाउन्ड्री गरी चिस्यान बढाउने प्राकिृतिक रैथाने वनस्पतिबाट सुन्दर बनाइने छ । सिंहको प्रतिमामा श्रद्धाञ्जली सहज हुने गरी शान्त र खुल्ला वातावरण, उत्सव, महोत्सवका निम्ति उपयोगी हुने स्थानमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेल समेत आयोजना गर्न सकिने भवानीपुर सामुदायिक वन सिमसार क्षेत्र रहेको छ । आत्मनिर्भरतालाई ध्यानमा राखी सिमसार सहितको क्षोत्रलाई शैक्षिक पर्यकीय क्षेत्रको रुपमा विकास गर्न सकिने, स्मारकको वैठकमा भागमा निर्मित घुमाउने घरभित्र सिंहका तस्विर र जीवनी अंकित गरिने, सिंहसाग सम्बन्धित सामाग्री संकलन गर्दै गणेशमानसिंह संग्राहलय बनाउन सकिने, भुमाउरो घरको भित्तामा सिंहमा महत्वपूर्ण घटनाहरु भित्ते भूमिका माध्यमबाट प्रस्तुत गर्न सकिने, स्मारकको वरिपरि फोहोरा सहितको जलासय निर्माण गरिने, मैदान बाहिरको अन्य क्षेत्रलाई बाटैबाटो भएको हराउने, बिलाउने भुलभुलैया पार्क बनाउन सकिने अवधारणा पत्रमा उल्लेख गरिएको छ ।
अवधारणपत्रमाथि डा. गोपाल भण्डारी, फाउन्डेशनका उपाध्यक्ष मदन अमात्य, सल्लाहकार देवराज अधिकारी, दिलकुमार वन, भिष्म काफ्ले लगायतले टिप्पणी गर्नुभएको थियो । हाल भुलभुलैया सिमसार तथा पर्यटकीय क्षेत्र संरक्षण समिति समेत गठन भइसकेको छ । तीनसय ७२ हेक्टरमा फैलिएको भवानीपुर सामुदायिक वनको भुलभुलैया सिमसारको संयोजककमा प्रेम गुरुङ्गको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको छ ।
