बाराको पिलुवा नजिक रात्रिबस दुर्घटना हुँदा तीनजनाको मृत्यु, सोह्र घाइते

वीरगन्ज, काठमाडौाबाट सर्लाही जिल्लाको मलङ्गवाका लागि छुटेको यात्रुबाहक रात्रिबस गएराति दुर्घटना ग्रस्त हुादा तीन जना यात्रुहरुको मृत्यु भएको छ ।
मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार काठमाडौाबाट हिाडेको ना ४ ख ४५१६ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको पिलुवा नजिकै दुर्घटनाग्रस्त भएको हो । यात्रुहरुका अनुसार बस सञ्चालन गर्ने चालक निदाएका कारण सो दुर्घटना भएको थियो ।
दुर्घटनामा परी सर्लाहीको ब्रह्मपुरी गाविसका ४५ वर्षीय अखिल गिरी र उनकी पत्नी भवानी गिरीको घटनास्थलमा नै ज्यान गएको थियो भने गम्भीर घाइते भएका सर्लाहीकै लक्ष्मी पासवानलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ल्याउादैगर्दा ज्यान गएको थियो ।
सो दुर्घटनामा परी अन्य १६ जना घाइते भएका मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमेश रञ्जितकारले राससलाई जानकारी दिनुभयो । उहााले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि जानकारी दिनुभयो ।
घाइते चार जनाको सिमरा अस्पतालमा र बााकीको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल
वीरगन्जमा उपचार भइरहेको छ । बस अनियन्त्रित भएका कारण दुर्घटना भएको बसमा सवार यात्रुहरुले नै बताएका छन् । बसमा निदाएका चालक भने फरार
रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया