धरान । बर्खा लागेसँगै सप्तकोशी नदी छेउछउमा बस्नेहरुलाई निद्रा लाग्न छोडेको छ । २०६५ साल भदौ २ गते कोशी नदीले तटबन्ध भत्काएर ठूलो धजनजनको क्षति भएको थियो । त्यही नियति नहोस् भनेर बर्षाद्को समयमा उनीहरु सतर्क हुने गर्छन्, नदीको बहाव बढ्न थालेसँगै उनीहरुले विभिन्न उपाय अवलम्बन गर्ने गर्छन् ।

सप्तकोशी किनारामा बस्नेहरु बर्षाद् लागेसँगै कोशीले कटान गरेर क्षति पु¥याउने हो भन्ने त्रासमा हुन्छन् । हिउदमा चयनको निन्द्रा लागेपछि बर्षा शुरु भएपछि उनीहरुको छट्पटाहट शुरु हुन्छ, राती राम्ररी निदाउदैनन् । अझ सामाजिक सञ्चाल,समाचार माध्यमहरुले फैल्याएको अनर्गल हल्लाले उनीहरुको मनोवल गिराउने काम गरेको उनीहरु बताउछन् । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. श्रीलंका टप्पुको छेउमा रहेको धरहरा टपनका स्थानीय राजमणि कार्कीले सप्तकोशीको वहान बढ्ने वित्तिकै निन्द्र नलाग्ने बताउछन् । उनले वहाव बढेसँगै छेउबाट कटान शुरु गर्ने गरेपछि धनजनको क्षति हुने हो भन्ने त्रास हुने उहाँ बताउहुन्छ । यस्तै भनाई सोही स्थानका दिलकुमार लिम्बुले पनि बर्षाद्को समयमा सप्तकोशीले गर्ने कटानका कारण ठूलो क्षति हुने त्रासमा स्थानीयहरु बस्नुपरेको बताउनुभयो । उहाले सुनसरीको बराहक्षेत्रको राजावास, श्रीलंका टप्पु धरारा टपन भन्दापनि जोखिम क्षेत्र भएको बताउनुभयो बताउनुहुन्छ । कोशीको बाढीबाट ठूलो क्षति नपु¥यायोस् भन्ने उद्देश्यले पूर्व तयारी समेत गर्ने गरेका छन् । बोरामा बालुवा भर्ने, नदीले क्षति नपु¥यायोस भनेर पानीको वहावलाई कन्टूोल गर्न त्रिकोणा आकारको काठको पिल्लर लगाउने लगायतका उपाय अवलम्बन गर्ने गरेका छन् ।
। उहाले सप्तकोशीले यहामात्र हैन भारतको विहार राज्यलाईसमेत ठूलो क्षति पार्ने भएकोले विहारबाट नियन्त्रणका लागि कर्मचारी टहरा बनाएर बस्ने गरेको र समयमा कोशीको पानीको वहाव मापन गर्ने लगायतका काम गर्ने र खतरा देखिए सूचना दिने काम गर्ने गरेको स्थानीय चेतनाथ प्रसाईले बताउनुभयो । अहिले पनि बराहक्षेत्र नगरपालिमा पर्ने, राजाबास, प्रकाशपुरर धरारा टपन लगायतका स्थानमा थोरै थोरै कटन भइरहेको स्थानीयहरु बताउछन् । यहा भन्दा पनि बराहक्षेत्र ९ मा पर्ने श्रीलंका टप्पुमा सबैभन्दा ठूलो क्षति हुने स्थानीयहरु बताउछन् । समाजिक सञ्जाल र अनर्गल हल्लाले पनि यहाका सर्वसाधारणलाई बढी त्रास हुने बराहक्षेत्र नगरपालिकाका वडा नं. ९ का निवर्तमान वडाध्यक्ष दिपक लिम्बु बताउनुहुन्छ । उहाले आफ्नो पाचबर्षे कार्यकालमा क्षति भएको कुरा आफूलाईथाहा नहुने तर देश तथा विदेशबाट अनर्गल हल्ला फैलिएर त्रास फैल्याउने काम हुने गरेको उहाँ बताउनुहुन्छ ।
बर्षेनी हुने क्षतिका कारण बराहक्षेत्र नगरपालिकाको कोशी किनारामा बस्नेहरुमा त्रास फैलिदै गएको हो । २०६५ सालमा कोशी किनारमा बस्ने सुनसरी लगायत अन्य जिल्लाको क्षति सम्झिदा उनीहरुलाई अझै पनि आङ सिरिङ हुने गरेको छ । त्यसबेला सप्तकोशी नदिले सुनसरीको पश्चिम कुसाहाको पूर्वी तटबन्ध भत्काएर गाउँ पस्ता ७ हजार ५सय ७२ घरपरिवारका ४२ हजार ८ सय नागरिक विस्थापित भएका थिए । अन्य स्थानमा पनि यो भन्दा धेरै ठूलो क्षति भएको थियो । अहिले पनि पीडितहरुले सरकारी स्तरबाट राहत पाउन सकेका छैनन् । यो क्षेत्रमा सुनसरीको दैवीप्रकोप उद्धार प्रकोप समिति, सशस्त्र प्रहरी, नेपाली सेना लगायतले समय समयमा कोशीको क्षति न्यूनिकरण र पूर्व शतर्कताको उपाय अवलम्बनसँगै सर्वसाधारणलाई सचेत गराउने काम गरिरहेका छन् । यसको दीर्घकालीन समस्या भने अहिलेसम्म हुन सकेको छैन ।
