वडाबासीलाई लक्षित गरी निःशुल्क आखा शिविर

धरान, वडाबासीका स्वास्थ्यका लागि धरान उपमहानगरपालिका वडा नं. १४ ले निःशुल्क आखा शिविरको आयोजना गरेको छ ।
नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोगमा इटहरी आखा अस्पतालको सहयोगमा निशुल्क आखा शिविर एवम् चश्चा वितरण कार्यक्रमको आयोजना गरेको हो । वडामा रहेका दीर्घरोगी तथा अन्य आखाका समस्या भएकालाई लक्षित गरी धरान १४ ले निःशुल्क आखा शिविरको आयोजना गरेको जनाइएको छ ।


विगतदेखि नै विभिन्न संघ संस्थासंग समन्वय गरेर विभिन्न प्रकारका निशुल्कस्वास्थ्य शिविको आयोजना गर्दै आएको वडाले निर्वाचित भएर आएपछि भने आखाका समस्या भएका सर्वसाधारणलाई लक्षित गरी आखाको शिविरको आयोजना गरिएको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । आखाका अन्य समस्यासंगै मोतिया विन्दु भएकाहरुलाइ निःशुल्क चस्मा तथा शल्यक्रिया वडाबाडै गरिने बताउनुभयो । वडाले स्वास्थ्यको क्षेत्रमा विभिन्न स्वास्थ्य सम्बन्धी संघ संस्थासंग समन्व्य गरेर निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको प्रति नेपाल नेत्रज्योतिसंघ प्रदेश नं. १ का सचिव जयप्रसाद निरौलाले प्रशंसा गर्नुभयो । उहाले वडाले संघलाई आग्रह गरका कारण यो शिविरमा सहयोग गरिएको बताउनुभयो ।
शिविरमा आएकाहरुलाई स्वास्थ्य सेवा संगै निःशुल्क चश्मा वितरण गरिने भएको छ भने आखाको शल्यक्रिया गर्नुपर्ने भएमा वडाको समन्वययमा इटहरी आखा अस्पतालले निशुल्क गरिदिने भएको छ ।
धरान १४ ले यो भन्दा अगाडि पनि विभिन्न प्रकारका शिविरको आयोजना गर्दै आएको छ । वडाको सर्वाङिग विकाससंगै सर्वसाधारणलाई स्वास्थ्यको पहुच पु¥याउनु पनि जनप्रतिनिधिहरुको कर्तव्य हो, यस मामलामा अन्य वडाभन्दा धरान १४ धेरै अगाडि रहेको छ । शिविरमा २ सय ८९ जनाले सेवा लिएका छन् ।

तपाईको प्रतिक्रिया