तेस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य मेडिकल क्षेत्रमा रहेका ज्ञानलाई एक अर्कामा जानकारी होस् भन्ने उद्देश्यले आयोजन गरिदै आएको राष्ट्रिय स्तरको मेडिकल हाजिरी जवाफ सम्पन्न भएको छ ।
बीपीकेआइएचस स्टुडेन्ट ब्लड डोनेसन कमिटीको विद्यार्थीहरुहरुको सहयोगमा प्रतिष्ठानले प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिता आषाढ ३ र ४ गते आयोजना गरिएको थियो ।
मेडिक्वीज नेपालको पहिलो संस्करण सन् २०१८ मा भएको थियो भने सन् २०१९ मा दोस्रो संस्करण प्रतिष्ठानमै सम्पन्न भएको थियो । कोभिड १९ को महामारीका कारण सन् २०२० र २०२१ को संस्करण भने हुन सकेको थिएन ।


प्रतियोगितामा देशभरिका ६ वटा मेडिकल कलेजहरुका विद्यार्थीहरुले भाग लिएका थिए । जसमा मनिपाल कलेज अफ मेडिकल साइन्सेस, पोखरा, नोबेल मेडिकल कलेज, विराटनगर, पाटन एकेडमी अफ हेल्थ साइन्स, ललितपुर, विराट मेडिकल कलेज, विराटनगर, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, काठमाडौ,ं वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान गरी ६ वटा मेडिकल कलेजका ९ वटा टिमको सहभागिता रहेको प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोख्रेलले बताए । प्रतियोगितामा प्रतिष्ठानको टिम बी बाट दिवाकर कोइराला, वेद प्रकाश पन्त र सुमित धमलाले प्रथम स्थान हासिल गरेका थिए भने दोस्रो स्थान प्रतिष्ठानकै टिम ए बाट हार्दिक भण्डारी, सिन्जिन घिमिरे र अतुल कुमार चौहान भएका थिए । त्यसैगरी तेस्रो स्थान मनिपाल कलेज, पोखराका डा. विजय दुवाडी, मनिष कोइराला र संजिव वास्तोला भएका थिजए थिए । प्रतियोगिताको निर्णायकमा प्रा.डा. बालकृष्ण भट्टराई, प्रा.डा. धनरत्न शाक्य तथा डा. रबिन मास्के रहेका थिए ।

तपाईको प्रतिक्रिया