अन्तर्राष्टिूय योग दिवसको अवसर पारेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा योग शिशिरको आयोजना गरिएको छ ।

हरेक बर्ष २१ जुनमा पर्ने अन्तर्राष्टिूय योग दिवसको अवसरमा अवसरमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ दिने योग शिविर संचालन हुने भएको हो ‘तनाव व्यवस्थापनका लागि योग’ भन्ने नराका साथ प्रतिष्ठानको योगा एण्ड लाइफस्टाइल क्लिनिक, बेसिक एण्ड क्लिनिकल फिजियोलोजी विभागले मंगलबारदेखि सात दिनसम्म आयोजना गर्ने आयोजक विभागका विभागिय प्रमुख प्रा.डा.दिलीप ठाकुरले जानकारी दिनुभयो । प्रतिष्ठानका शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थी र तिनका परिवारका लागि लक्षत गरी आयोजना हुन लागेको शिविर को उद्घाटन प्रतिष्ठानका उपकुलपति डो ज्ञानेन्द्र गिरीले गरेका छन् । प्रतिष्ठानको अतिथि गृहको प्रांगरणमा शुरु भएको शिविरमा योगा एण्ड लाइफस्टाइल क्लिनिकका योग प्रशिक्षक नविन काप्mलेले प्रशिक्षण दिँदै आउनु भएको छ ।
