विक्रमसंवत २०७२ साल शुभ मंगलमय रहोस्

विक्रम सम्बत २०७१ साल नेपालीहरुका लागि त्यति शुभकारी भएन । जनु आशा र विश्वासका साथ गएको संविानसभाका लागि नेपालीजनताले ठूलो आशा र उमंगले भाग लिएर ठूला दलहरुलाई आफ्नो अमूल्य मत दिएर पठाए । त्यसको खासै आशाप्रद परिणाम दलहरुका नेताहरुले आम मतदाताहरुलाई दिन सकेनन् । संविधान लेखनमा सधैको किचलो र कचकच द ेखि बाहेक राम्रो संकेत दलहरुका नेतताहरुले मुलुकसामु पस्कन सकेनन् । मुख्यत : नेपाल कम्युनिस्ट पार्टी (माओवादी) संविान लेखनका विभिन्न विषयहरुमा अर्गेललोको रुपमा स्थापित भयो ।। जनताका आवश्यकता भनदा आफ्नै लिाडे ढिपीतर्प अग्रसर हुनु, सधै आम हड्ताल संघर्षका दुहाई दिएर राष्ट्र र जनतालाई पीडित बनाएर पीडको प्रतीक बन्नतर्फ अग्रसर
रहनु, जनताको मनको कदर नगर्न यस दलको मुख्य ध्येय रहयो । प्रजातन्त्रमा लोक सम्मति अनुसार देशको विधि शासन प्रणाली सञ्चालन हुनुपर्छ भनी ठूला ठूला राजनीतिक शास्त्रमा उल्लेख गरिएको छ ।तर यहााका प्रमुख दलका नेताहरु राजनीत शास्त्रमा उल्लेख गरिएको छ । तर यहााका प्रमुख दलका नेताहरु सामान्यतया विधि र नियम कानुन पालना गर्नु अग्रसर नहुनु, नेपालको मुल कानुन लेखनतर्फ गम्भीर नहुननााले, मुलुकले विभिन्न खाले स्मरण व्याहोर्नु यिनै दलका नेताहरुले बाध्य पारेका छन् । सत्तामा आशिन दलका नेताले पनि असल अचारणको पालना नगर्नु र प्रतिष्पक्षले पनि एउटा इमान्दार र राम्रो प्रतिपक्षको भमिका निर्वाहको पालना गर्नेतर्फ पटक्कै प्रैदर्शन गर्न सकेन । यसतै बहुलठ्ठी हरकतले संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण सम्बद्धन र क्रमक अभ्यासमा पूर्णविराम लााग्न सक्दछ । आफ्नो घरलाई राम्ररी सञ्चालन गर्न नसकनु र अर्काको ल्पनाशील घरको बखान गरेर आफ्नो घर राम्रो हुादैन । घर आफैले राम्रो सुन्दजर र व्यवस्थित बनाउनेतर्फ अग्रसर हुनु नै श्रेयष्कर हुन्छ ।
अत: राम्रो घर बनाउन तीन दलका नेताहरले वार्ता गरेर विविध विषयहरुमा छलफल गरेर मात्र हुन्न । संविधानसभामा भएका ६०१ जना सभासदहरुलाई साथमा लिएर मात्र सार्थक संविधान बनाउन सकिन्छ । तीन दलका हेडमिस्त्रीहरुले ६०१ कर्मीहरुलाई तगारो हाल्न पाइदैन । मुलुक सीमित हेडमिस्त्रीहरुको मात्र होइन । यो देशका हेड मिस्त्रीहरुरुपी तीन दलका नेताहरुले राम्ररी बुझ्न जरुरी छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभा भवनमा भनेका थिए ‘संविधान लेखनप्रति ऋषिमन लिएर तपाइहरु उभिनुभयो भने तपाईहरु अवस्य सफल हुनुहुपर्छ ।’
अब नेकपा एमाओवादी पार्टीले नेपालको संविधान लेखनका असल प्रतिपक्षको रुपमा उभिन आफैलाई आफै प्रति प्रेरित नगरे एमाओवादी पार्टीको अलि भएको साख पनि आउने दिनमा जनताले कुन गतिमा पुर्‍ाउने हुन त्यो भविष्यले बताउने छन् । पहिचान सहितको संघ राष्ट्रको माग होइन तत्काल सहमतिमा पुगेर राष्ट्रलाई लोकतान्त्रिक सविधान दिलनु नै
राष्ट्रको आवश्यकता हो ।
गत २९ गते चैत्रमा ठूलो बर्षा भयो माठो भन्ने पानी पर्‍यो । २०७२ सालमा पूर्व परिुश्चमका फााट र वनजगलमा पिपरा पिपिरी पलाउने छन् । रुखहरु नयाा पाउलाले घनिभून हुतेछन्े ,। लाग्छ सबै तिर हरियाली छाउने छ । यस आधारमा नव बष २०७२ साल शुभ र मंगलमय हुनेछ । चैत्र र वैसाख बसन्त ऋतु भएकोले बसन्त ऋतुलाई ऋतुराज पनि भनिन्छ । सबैका फूलबारीमा रैगीचंगी फूल फूल्ने छन् । वातावरण आनन्दमय शान्त, सौर्यको आगमन हुनेछ भन्ने पुर्ण विश्वा िलएर मुलुकका
राष्ट्रिय कर्मीहरु संविधान लेखनतर्फ उन्मुख हुन् भन्ने मंगलमय शुभकामना राष्ट्रदेव श्रीपशुपति नाथलmे दिऊन भन्ने आम नेपाली जनताको प्रार्थना र्गछन् ।
२००७ सालदेखि २०७१ सालसम्म आउदा नेपाली जनताले विभिन्न आरोह, अवरोह, व्यहोर्दै आएका छन् र राजनैतिक अस्थिरताको भूावरीमा पिल्सिएर बााचिरहेका छन्, यो सबैलाई विधितै छ । २०७२ सालको पूर्व सन्ध्यामा अब यस्तो कहिल्यै नहोस् भनेर यस देशका राष्ट्रिय दलका नेताहरुे प्रण गरे पक्कै पनि २०७२ सालभित्र संविधान नेपाली जनतामाझ ल्याउन सक्ने छन् भन्ने आशा गर्न सकिन्छ । तबमात्र नेपाली जनताको चाउरी परेको मुहार उज्यालो र पुष्ट हुनेछ ।
विशेष गरेर यो देशका कर्णाधार युवाहले २०७२ सालभरि राष्ट्रिय दलका नेताहरु, उद्योगपति, व्यापारी, बुद्धिजीवि, प्राध्ािपक, शिक्षक, जागरुक समाज र आम जनताहरुलाई लिएर, खबरदारी गर्ने र गराउने जिम्मेवार आएको छ । भोलि आउने पीढिहरुको प्रतीक हुनलाई यस राष्ट्रको मालीको रुपमा युवाहरु अग्रसर हुनु आजको आवश्यकता हो । युवा र विद्यार्थी वर्गवले चोहेमा संसारमा ठूला ठूला युगान्तकारी परिवर्तन आएका छन् । यो कुरा विश्व इतिहासले प्रमाणित गरिसकेको छ । यस राष्ट्रको मुहार उज्यालो विकाशिल बनाउन आजका युवा वर्गले अठोट गरे पक्कै पनि हाम्रो राष्ट्र समुन्नत हुनेछ भन्ने विश्वास लिन सकिन्छ । राष्ट्रको सुख सुविधा प्राप्त गरेर छाडा भएर हिडेका हाम्रा नेताहरुलाई नीति नियमभित्र ल्याउन युवा विद्यार्थीहरुको कााधमा आएको जिम्मेवारी वहन गर्ने शक्ति २०७२ सालले प्रदान गरोस भन्ने मंगलमय शुभकाममना प्रदान गर्दछु ।
नव बर्ष २०७२ को मंगलमय शुभकामना सहित सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुको उत्तरोउत्तर प्रगति, सुखमय समवृद्धिको मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु ।

तपाईको प्रतिक्रिया