धरान । धरान उपमहानगरपालिकाको मुटु मानिएको वडा नं. २ का वडाध्यक्ष रमेश राई यतिबेला वडाको सौन्दर्र्यकरणमा व्यस्त हुनु भएको छ । धरानमा आउने वाह्य पाहुनाहरुका लागि मात्र नभएर धरानका अन्य १९ वडा भन्दा हरेक दृष्टिले पृथक रहेको वडा नं. २ को वडाध्यक्षमा निर्वाचित भएसँगै वडाध्यक्ष राईको सौन्दर्यकरणमा अन्य निर्वाचित सदस्य, स्थानीय बासिन्दा धरान उपमहानगरपालिकाका प्रमुख, प्राविधिकहरुको सहयोगमा जुट्नु भएको हो ।

विहानदेखि मध्यरातसम्म व्यस्त हुने वडा नं. २ भानुचौकमा आदिकवि भानुभक्त आचार्यको प्रतिमा रंगरोगन गर्ने विभिन्न इन्टरनेट प्रदायक कम्पनीहरुले असरल्ल छोडेका तारहरु व्यवस्थित गर्ने कार्यबाट प्रारम्भ गर्नुभएको सौन्दर्यको कार्यलाई यतिबेला वडाध्यक्ष राईले वडाका अन्यत्र समेत व्यवस्थित गर्ने कार्य गरिरहनु भएको छ । उहाँ भन्नुहुन्छ, वडान ं. २ धरानका अन्य वडाभन्दा महत्वपूर्ण वडा हो । सबैको पहिलो नजर यही हुन्छ । सौन्दयीकरणसँगै पहिलाको कुपी झैँ बलेको ेवत्ति परिवर्तन गर्ने, वडाका महत्वपूर्ण ठाउँमा यसभन्दा अगाडि १२वटा सिसी क्यामेरा थिए अब १३–१५ वटा थप गर्दै गरेको राईले बताउनुभयो । धरानको भानुचौक अस्तव्यस्त बन्न दिनुहुँदैन लोकतान्त्रिक चौतारी, धनकुटे बस स्टेन्ड, लोकल बस स्टेन्डमा बत्तीको व्यवस्था गर्ने कार्य हुँदैछ । धरानको भानुचौकमा रात्रिकालीन बजारको व्यवस्था गर्छौ । जसका कारण धरान उपमहानगर पालिकाको आम्दानीमा पनि बृद्धि हुन्छ । रोजगारीमा बृद्धि हुने, सस्तो खानेकुरा पाउने, सस्तो कपडा पाउने भएपछि रात्रीकालीन बजारको उद्देश्य हो । बजार हाल रहेको लोकतान्त्रिक चौतारी उत्तरपट्टि लगाउने व्यवस्था गर्दैछौं । हाल स्टेन्डमा रहेको ट्याक्सीहरुलाई तल्लोपट्टि पार्किङको व्यवस्था गर्छौ । यसका अलवा भानुचौकलाई स्वस्थ सुन्दर बनाउदैछौ । जसको शुरुवात भइसकेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ्गको पहलमा मेघा बैंकले १० वटा डस्विन दिएको छ । यसले पुग्दैन । वडा नं. २ मा १५० वटा जति डस्बिन चाहिन्छ । डस्विनमात्र राखेर हुँदैन । घरवाला र दोकान चलाउनेहरुले डस्विनमा के कस्ता फोहोर फाल्ने भनेर उनीहरुलाई सिकाउने छौं । फोहोर मैला उठाउँदा कसरी उठाउने त्यसको पनि धेरैलाई थाहा छैन । यसैगरी भानुौचकमा यत्रतत्र छरिएर राख्ने गरिएको गाडीहरुलाई व्यवस्थित गर्न आवश्यक छ । यसका लागि सबैले गरेर खान पाउनुपर्छ उनीहरुको रोजगारीमा कुनै बाधा व्यवधान नगरी व्यवस्थित गर्दैछौं । उहाँ भन्नुहुन्छ यसमा यातायात व्यवसायी मजदुर साथीहरुले बुझ्नुहुनेछ । अहिल्यै व्यवस्थित बनाउन सकिएन भने पाँच बर्षपछि भानुचौक कस्तो होला कल्पना पनि गर्न सकिदैन । वडाध्यक्ष राई भन्नुहुन्छ वडाको अध्यक्ष वडा पिता हुन् । त्यसैले काम गर्ने पहिलो जिम्मेजारी जनप्रतिनिधिको हो । शान्ति सुरक्षाको लागि सुरक्षा गार्डसँगै नगर प्रहरी र जनपथ प्रहरीसँग समन्वय गरेर अगाडि बढ्दै छौं ।
