धरान । नेपाली काँग्रेको भातृ संगठन नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नं. १ को कार्यवाहक सभापतिको जिम्मेवारी अजित लिम्बुले पाउनु भएको छ । सघका सभापति बालकुमार राईले घरायसी व्यस्थताको कारण देखाउदै लिम्बुलाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पनु भएको हो । कार्यवाहक सभापतिको जिम्मेवारी पाए लगत्तै लिम्बुले नेपाल विद्यार्थी संघका सुनसरी क्षेत्र नं. १ को कार्यसमिति समेत विधानले दिएको अधिकार प्रयोग गर्दै विस्तार गर्नुभएको छ ।

कार्यवाहक सभापति लिम्बुले जेष्ठ २९ गते विस्तारित कार्यसमितिका सम्बन्धमा सूचना प्रकाशित गरी भनुभएको छ, नेपाल विद्यार्थी संघ क्षेत्र नं. १ समिति सुनसरी लोकतान्त्रिक पद्धतिको संस्थागत विकास र संविधानको मूल मर्मलाई आत्मसात गर्दै लोकतान्त्रिक करणको प्रक्रियामा योगदान पु¥याउँदै आएको संगठन हो । राजनैतिक अधिकार सदैव मानिसको जीवनमा शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षा लगायतका अधिकारको पूर्ति हुन सकेमात्र लोकतन्त्र प्रभावकारी भएको अनुभूति सर्वसधारणले गर्न सक्छन् । वि.स. २०२७ सालमा गठन भएको नेपाल विद्यार्थी संघको सातौ संसोधन २०७५ विधान अनुसार नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नं. १ कार्य समिति विस्तार गरिएको कार्यवाह अध्यक्ष लिम्बुले बताउनु भएको छ । विस्तारित कार्यसमितिको उपसभापतिमा अमुल वाँस्तोला उपसभापतिद्वयमा प्रवीण पराजुली, महेन्द्र राउत, सचिवमा बादल राई र प्रताप बस्नेत, सहसचिवमा दुषन नेम्बाङ्ग, अंकित खड्का, निहाहाङ्ग राई, कोषाध्यक्षमा पुष्पा कटुवाल रहनुभएको छ भने सदस्यहरुमा यस चौहान, मनिष कट्टेल, सौगात गुरुङ, हुकुम भुजेल, सौगात भुजेल, अतुल अग्रवाल, साहुल साह, निरज राई, युगल बस्नेत, रिया कटुवाल, रञ्जन राई, मनिका श्रेष्ठ र सागर पोख्रेल रहनुभएको छ ।
