औकात नभएकाहरु गठबन्धनको नाममा कांग्रेसको पछि लागेर ध्वा“स पिट्दैछन्

नाम सुन्दा पनि जनतामा घृणा र आक्रोस पैदा हुने औकात नभएका नेपालका केही कथित राजनीतिक दलरु गठबन्धनको नाममा विगत केही समयदेखि नेपाली काँग्रेसको पछि लागेर आफ्नो अस्तित्व रक्षा गरेको स्वीकार्नुको सट्टा उल्टै ध्वाँस पिटिरहेका छन् ।

बेला बेलामा तिनले सामाजिक सञ्जालहरुबाट पिट्ने ध्वाँसले आम नेपालीलाई लज्जावोध हुन थालेको छ । खास गरेर ठूलो भाग खान एमालेबाट उछिट्टिएको माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले हालै सम्पन्न स्थानीय निकाय अन्तर्गतको गाउँ, नगर, महानगर, उपमहानगर कही कतै एउटा वडासमेत जित्न सक्ने औकात थिएन । यसैगरी कथित दशबर्षे जनयुद्धको डंका पिटेर नेपालको राजनीतिमा उदाएको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आज स्थानीय निकायको निर्वाचनमा जे जति स्थानमा जित हाँसिल गरेको छ त्यो काँग्रेसकै सदासयताले हो । प्राय ः लुप्त हुन लागेको चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा पार्टी, टुटफुटबाट थालिएको उपेन्द्र यादवको राष्ट्रिय जनता पार्टीले समेत आफ्नो अस्तित्व जोगाउन सक्ने अवस्था थिएन ।
हुन त गठबन्धनको नाममा नेपाली काँग्रेसले यतिबेला देशैभरि कम्युनिस्ट बढाउने, जोगाउने, रक्षा गर्ने काम गर्दै आएको छ । यो नेपाली काँग्रेसको वर्तमान नेतृत्वको सबैभन्दा ठूलो नालायकीपन हो । वैचारिक रुपमा विपरीत धु्रवमा रहेको कम्युनिस्टहरुसँगको सहकार्य, गठबन्धन पछि गएर नेपाली काँग्रेसका लागि प्रत्युत्पादक हुने नै छ । क्षणिक सत्ता स्वार्थको उन्मादमा नेपाली काँग्रेसले बामपन्थीहरुसँग सहकार्य गर्दा आज मुलुकैभरि काँग्रेस कमजोर भएको छ । संगठन भाँडिएको छ, नेपाली काँग्रेसको जनमत घटेको छ । आफ्नो संगठन तहसनहस पारेर, कार्यकर्ताहरुको मनोवल गिराएर, छिन्नभिन्न बनाएर भएपनि कसैको अस्तित्व रक्षा गरेको काँग्रेसलाई नै गठबन्धनमा रहेका जिम्मेवार भनिएका कम्युनिस्ट नेतृत्वबाटै बारम्बार विषवमन हुन थलेपछि काँग्रेसको मुख्य नेतृत्वले अझसम्म गठबन्धनको औचित्यको समीक्षा नगर्नु थप विडम्बना हो । केही दिन अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसले घमण्ड नगरोस्, घमण्ड गरे एमालेको अवस्थामा पु¥याइदिन्छौैं भनेर दिएको अभिव्यक्तिले काँग्रेसको मुख्य नेतृत्वलाई स्पर्श गरेको पाइएन । यसैगरी माधव नेपालको नेतृत्वको कथित नेपाल कम्युनिस्ट पार्टी एकीकतृ समाजवाीका अध्यक्षले काँग्रेसले घमण्ड गरे ध्वस्त बनाइदिन्छौ सम्म भने । ती दुवैको अभिव्यक्तिले देशभरिका इमान्दार काँगे्रेसका नेता कार्यकर्ताको स्वभिमानमा गहिरो चोट पु¥याएको छ । तर काँग्रेको मुख्य नेतृत्व मौना साँधेरेबसेको छ । मुख्य नेतृत्वको वरिपरि घुम्ने नन्दीभृंगी, भृंगीहरु मुख्य नेतृत्वलाई गलत सल्लाह दिइरहेका छन् । वर्तमान सत्ता भनेको दुई चार महिनाको रामछायाँ हो । दुई चार महिना सत्तामा टाँसिनकै लागि उनीहरु गठबन्धनका विरुद्धमा मुख्य नेतृत्वलाई खुलेर सल्लाह दिन सक्दैनन् । यसलाई सत्तालिप्साको पराकाष्ठा भनिन्छ । अझै समय घर्किसकेको छैन । कम्युनिस्ट नमिलेको अवस्थामा काँग्रेसले वामपन्थीहरुसँग गठबन्धन गरेर हिड्नु भड्खालामा जाकिनु हो ।

तपाईको प्रतिक्रिया