धरान । भारत सरकारको अनुदान सहयोगमा मधेश प्रदेशको सर्लाही जिल्ला अन्तर्गत लालबन्दी नगरपालिका वडा नं. १७ स्थित फौदसिंह माविको दुईतले नवनिर्मित भवनको शनिवार उद्घाटन गरिएको छ ।
मधेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह (सुडी) र भारतीय महावाणिज्य दूत नितेष कुमारले एक विशेष समारोहबीच उक्त भवनको संयुक्त रुपले उद्घाटन गर्नुभएको थियो ।
नवनिर्मित उक्त विद्यालय भवन शिक्षा क्षेत्रमा भारतीय अनुदान सहयोग अन्तर्गत निर्माण भएको हो । उद्घाटन समारोहमा लालबन्दी नगरपालिकाका नगरप्रमुख उपप्रमुख, वडा जनप्रतिनिधि, प्रहरी,प्रशासन, स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो । विद्यालय भवन ७.८३ मिलियन लागतमा निर्माण भएको र उक्त परियोजना भारतको ७५ औं स्वतन्त्रता दिवस आजादीका अमृत महोत्सव अन्तर्गत नेपालमा यस बर्ष उद्घाटन गरिने ७५ वटा परियोजना मध्येकै एक हो । नयाँ विद्यालय भवनले ग्रामीण क्षेत्रमा शिक्षाको वातावरण सिर्जना गर्नुको साथै सर्लाही जिल्लामा शिक्षा क्षेत्रको विकासमा टेवा पु¥याउने सहभागिहरुले बताएका थिए ।

नेपाल भारत विकास सहयोग अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको उक्त विद्यालय भवनमा १५ वटा कक्षा कोठा, दुई वटा सिँढी र सरसफाई सहितको सुविधा रहेको छ । सन् २००३ देखि भारत सरकारले नेपालमा ५३७ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु (एचआइसिडीपी) शुरु गरको हो । सातवटै प्रदेशको स्थानीय तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, पहुँच, सरसफाई र अन्य सार्वजनिक सुविधाहरुको निर्माणको क्षेत्रमा हालसम्म ४७१ वटा यस्ता परियोजनाहरु पूरा भइसकेको छन् । यीमध्ये २० वटा परियोजनाहरु सल्र्लाही जिल्लामा रहेका छन् । यसका अलावा भारत सकारले विभिन्न स्वास्थ्य चौकी, एनजिओहरुलाई ३१ वटा एम्बुलेन्स र सर्लाही जिल्लामा एक थान स्कूल बस उपहार स्वरुप प्रदान गरेको छ ।
निर्माण सम्पन्न भएको उक्त परियोजना भारत नेपाल बीचको विविध क्षेत्रहरुमा वहुआयामिक बलियो र सुदृढ विकास साझेदारीको प्रमाण हो । निकट छिमेकीको रुपमा भारत र नेपालले व्यापक र वहुक्षेत्रीय सहयोगमा साझेदारी गर्दै आएको छ । उक्त परियोजनाको निर्माणले नेपाल सरकारसँग नेपालका सामार्जिक, र्आिर्थक विकास र भौतिक पूर्वाधार, शिक्षाको क्षेत्रमा निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।
