धरान । नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चोउधुरीले बंगलादेश हाइड्रो पावरको भोको छ, नेपालसँग विद्युत खरिदका लागि आफूहरु आतुर रहेको बताउनु भएको छ ।
प्रदेश नं. १ कौ औपचचरिक भ्रमणका क्रममा गत शुक्रबार नेपाल वंगलादेश फ्रेन्डसीप सोसाइटी इन इस्टर्न नेपालको निमन्त्रणामा धरान आउनु भएका राजदूत चोउधुरीले सोेसाइटीको केन्द्रीय कार्याललयमा आयोजित यहाँका उद्योगी, व्यवसायी विभिन्न सामाजिक ंसघसंस्थामा आवद्ध व्यक्तिहरुको बीचको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।

धरान आउनु अगाडि राजदूत चोउधुरी धुलाबारीमा मेची बंगलादेश ट्रेड कमर्श एसोसिएसनले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा सहभागी हुनु भएको थियो । उहाँले मेची ड्राइपोर्टको अवलोकन समेत गर्नुभएको थियो । यसैगरी उहाँ कन्फ्रिडेशन अफ नेप्लिज इन्डष्ट्रिज विराटनगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुनु भएको थियो । धरानमा नेपाल बंगलादेश फ्रेन्ससीप सोसाइटी इन इस्टर्न नेपालले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो आज बंगलादेश अल्पविकसित राष्ट्रबाट विकाससिल राष्ट्रमा परिणत भएको छ । नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै उहाँले भन्नुभयो वंगलादेश स्वतन्त्रताका लागि सन् १९७१ मा नेपालले पु¥याएको सहयोगको जति प्रशंसा गरे पनि कम हुन्छ । औद्योगिक प्रवद्र्धनका लागि नेपाललें बंगलादेशबाट ठूलो लाभ लिन सक्ने भएकोले नेपाली उद्योगी, व्यवसायीहरुले त्यसतर्फ ध्यान दिनुपर्ने हुन्छ । नेपालको पूर्वी नाका काँकडभिट्टाबाट २७ किमी मात्र टाढा रहको बंगलाबन्ध बन्दरगाह र त्यसभन्दा ३ सय किमी टाढा रहेको राजधानी ढाका आउजाउमा कठिनाई नभएकोे पर्यटन प्रवद्र्धनका लागि समेत ठलो सम्भवना रहेको उहाँले औल्याउनुभयो । सो अवसरमा उद्योगी एवम् गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यले विगतमा आफू दुई पटक विना भिसा बंगलादेश पुगेको स्मरण गर्दे बंगादेशले गरेको द्रुत विकाशबाट नेपालले पनि शिक्षा लिनु आवश्यक रहेको कुरामा जोड दिँदै राजदूत चोउधुरीलाई बंगाली भाषामै स्वागत गर्नुभएको थियो । सोसाइटीका उपाध्यक्ष एवम् उद्योगी कृष्णकुमार अग्रवालले क्षेत्रफलको हिसाबले करिब ३ हजार वर्ग किलोमिटर ठूलो तर जनसंख्याको हिसाबले पाँच गुणा ठूलो बंगलादेशको विकासबाट नेपालले पाठ सिकेर अगाडि बढ्नुपर्ने धारणा राख्नु भएको थियो । उहँले भन्नुभयो राजनैतिक नेतृत्व इमान्दार भएकै कारण छोटो समयमा बंगलादेशले औद्योगिक क्रान्ति गर्न सफल भएको हो । आज बंगलादेशका औद्योगिक कृषि उत्पादन दक्षिण एसियाका अधिकांश देशमा पुग्छन् ।
सोसाइटीका केन्द्रीय अध्यक्ष डा खालिद हुसैन हकको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा व्यवसायी अनिल अग्रवाल, सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपध्यक्ष शिवराज श्रेष्ठ, पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण साहले पनि दुवै देशबीच उद्योग र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावना रहेको औल्याएका थिए भने कार्यक्रमको सञ्चालन सोसाइटीका सचिव खगेन्द्र खतिवडाले गर्नुभएको थियो ।
