ज्ञान बिनाको राजनीतिले पैसा कमाउने बाहेक मुलुक उँभो लगाउने ल्याकत राख्दैन

एम.आर.भट्टराई
धरान । तीन दशकभन्दा लामो समयसम्म चक,डस्टरसँगै नेपालको प्रजातान्त्रिक आन्दोलन र निरन्तर समाजसेवामा समर्पित अथक योद्धा हुन् चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) । पुराना पुस्ताले गरेका योगदान नयाँ पुस्तालाई प्रेरणाप्रद होस भन्ने उद्देश्यले यसपटक हामीले धरान उपमहानगरपालिका वडा नं. १२ का तिनै अथक योद्धा चन्द्रसरको साँगोपाँगो कोट्याउने सानो जमर्को गरेका छौं ।
उमेरले आज उहाँलाई सतासीमा डोहो¥याइरहेको छ । लामो शिक्षण पेशाबाट सेवा निवृत्त चन्द सरलाई अब आफूले सिक्नुपर्ने र कसैलाई सिकाउनुपर्ने बाँकी केही छैन । हुन त हरेक मान्छेले जन्मदै वैयतिक गुण लिएर आएको हुन्छ । शायद यसैले हुनुपर्छ जीवनको उत्तरार्धमा समेत चन्द्र सरलाई मुलुकको भद्रगोल राजनैतिक अवस्था, व्यवसायिक शिक्षा प्रणाली जस्ता कुराले चिन्ता बढाउँछ । हुन त एउटा सास्वत सत्य भनाई के छ भने १० बर्षको बालकलाई त्यति चिन्ता हुँदैन जति २० बर्षको युवालाई हुन्छ, ३० बर्षको युवालाई अझ बढी हुन्छ । चिन्ताका विविध पक्ष हुन्छन् तर चन्द्र सरको चिन्ता अरुको भन्दा सर्वथा भिन्न छ ।


चन्द्रसरले जीनका धेरै घुम्तीहरु पार गर्नुभएको छ । खासगरी मुलुकमा प्रजातान्त्रिक प्रणालीको पुनर्वहाली, शिक्षा, मुख्य रहेता पनि समाजसेवा उहाँको थप पाटो थियो र अध्यापी रहँदै आएको छ । मुलुकको राजनीति विकृत बन्नको प्रमुख कारण शिक्षाको कमी भएको, हराउँदै गएको मानवीय सम्वेदनशिलता चन्द्रसरको ठम्याई छ । त्यसैले उहाँ आफूलाई भेट्न आउने जोकोहीलाई भन्ने गर्नुहुन्छ ‘ज्ञानविनाको राजनीतिले पैसा कमाउने बाहेक मुलुक उँभो लगाउने ल्याकत राख्दैन ।’ चन्द्र सरले आफ्नो जीवनकालमा थुप्रै विद्यार्थी उत्पादन गर्नुभयो तर उहाँले एउटा प्रश्नको उत्तर आजसम्म फेला पार्न सक्नु भएको छैन । ‘व्यहारिक शिक्षा प्रणलीको कहिले विकास होला मुलुकमा ?’ जसका कारण आजका युवाहरु निःस्वार्थ भएर समाजप्रति उत्तरदायी बन्न सकून ।  उमेर प्रदत्त अशक्तता चन्द्र सरमा दिनानुदिन थपिदै गएको छ । तर स्फूर्ति र हिम्मतमा कमी आएको छैन । उहाँ विगतको स्मरण गर्दे भन्नुहुन्छ वि.सं. २००७ सालको जुन क्रान्ति भयो त्यसबेला म ६ कक्षामा अध्ययन गर्दै थिएँ । मलाई राजनीति सम्बन्धी केही थाहा थिएन । म पब्लिक हाइस्कुलमा पढ्दै थिएँ । एक्कासी क्रान्ति भयो भनेर बाहिर हल्ला भयो । लौ क्रान्ति शुरु भयो,काँग्रसले कब्जा ग¥यो भनेर बाहिर नारा जुलुस भइरहेको थियो । म लगायत अन्य विद्यार्थीहरु कापी किताव बोकेर बाहिर निस्कियौं ।
धरानमा त्यसबेला काँग्रेस नै थिएनन् भन्दा हुन्छ । गणेशमान श्रेष्ठ र भागवत गोविन्द श्रेष्ठमात्र काँग्रेस भनेर चिनिनु भएको थियो । वामपन्थीहरुको धरानमा वर्चस्व थियो । त्यो नारा जुलुस पनि वमपन्थीहरुले गरेका थिए । उहाँ पनि त्यही हावा हावामा जुलसमा हिँड्नु भयो नारा जुलुस लगाउनुभयो । त्यसबेला उहाँ बामपन्थी नभए पनि उहाँलाई विश्वास गरेर वामन्थीहरुले नेतृत्वदायी भूमिका दिए । यद्यपि उहाँले वामपन्थीहरुको सदस्यता लिनुभएको थिएन । धरानमा वामपन्थीहरुको भातृ संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशन भन्ने थियो । त्यो विद्यार्थीको संगठन धरानमा सशक्त थियो । वि.सं. २०१३ सालमा नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशनको काठमाण्डौमा राष्ट्रिय अधिवेशन भयो । त्यो अधिवेशनमा उहाँले धरानबाट नेतृत्वदायी भूमिका निर्वाह गरेर काठमाण्डौ पुथ्ग्नुृभयो । २०१३ सालको त्यस अधिवेशन पश्चात उहाँलाई वामपन्थीहरुप्रति वितृष्णा पैदा भयो । उहाँले नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशन चटक्कै छाड्नुभयो । उहाँको राजनैतिक गतिविधि देखेर गणेशमान श्रेष्ठले काँग्रेसमा आइज भनेर नेपाली काँग्रेसको सदस्यता दिनुभयो । गणेशमान श्रेष्ठले उहाँलाई काँग्रेसको आदर्श मूल्य मान्यता उद्देश्य आदिका बारेमा प्रशिक्षण समेत दिनुभयो । त्यसपछि चन्द्रसर नेपाली काँग्रेसप्रति औधी प्रभावित हुनुभयो ।
त्यसभन्दा अगाडि नेपाली काँग्रेसको धरान नगर समिति नै थिएन । पहिलो पटक धरानमा नेपाली काँग्रेसको धरन नगर समिति २०१४ सालमा गठन भयो । नव गठित नेपाली काँग्रेस धरान नगर समितिको सचिव हुनुभयोे चन्द्र सर । नव गठितनगर समितिको सभापति भागवत गोविन्द श्रेष्ठ हुनुभयो । यसैगरी शिवप्रसाद अगवाल (सोफर), लोकेन्द्रप्रसाद आचार्यसहित ११ जनाको कमिटी बनको थियो । लगै २०१४ सालमा नेपाली काँग्रेसले देशयापीरुपमा निर्वाचन लगायतका माग राखी सत्याग्रह शुरु भयो । सत्याग्रहले मुलुकभरि सशक्त गतिविधि गरेपछि राजा महेन्द्रले २०१५सालको चुनाव घाषणा गरे । निर्वाचनको घोषणा भएपछि चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) सशक्त ढंगले सक्रिय हुनुभयो । यो क्षेत्र त्यसबेला ३३ नं. क्षेत्र पर्दथ्यो । इटहरी लगायत सबै दक्षिणी भेग यही ३३ नं. क्षेत्रमा पर्दथ्यो । यो क्षेत्र बामपन्थीहरुको वर्चस्व भएको भएपनि उहाँबाट नेपाली काँग्रेसलाई जिताउन उहाँ सफल हुनुभयो । नेपाली काँग्रेसका तर्फबाट डिठ्ठा ज्ञानचन्द चौधरी निर्वाचित हुनुभएको थियो । त्यसबेला बामपन्थीबाट दिव्यराज आचार्य प्रतिष्पर्धी हुनुहुन्थ्यो । आचार्य १४८ मतले पराजित हुनु भएको थियो ।
उहाँलाई त्यसबेला वामपन्थीहरुले आफ्नो पक्षमा ल्याउन अनेकौ पलोभन दिएका थिए । तर उहाँले काँग्रेसपतिको आफ्नो लगाव छोड्नु भएन । कुनै पदबाट उहाँ लोभिनु भएन । नेपाली काँग्रेससँग पनि उहाँले कुनै पदको अपेक्षा गर्नुभएन । वि.सं. २०१७ सालमा एक्कासी प्रजातन्त्रको अपहरण गरियो । देशैभरि धरपक्कड शुरु भयो । धरानमा पनि धरपडक भयो । केही समय उहाँ भूमिगत बस्नु भयो र केही समय उहाँ परिस्थितिको आंकलन गदै निस्कृय बस्नुभयो । उहाँलाई गिरराफ्तार गर्न तत्कालीन प्रहरी प्रशासनले पटक पटक प्रयास ग¥यो तर फेला पार्न सकेन । परिस्थिति अलिकति साम्य भएपछि उहाँले भित्रभित्र नेपाली काँग्रेसको संगठन गर्ने काम गरिहनु भयो । वि.सं. २०२७ सालको विद्यार्थी आन्दोलन २०३६ सालमा पाकिस्तानका राष्ट्रपति भुट्टोलाई फाँसी दिएपछि मुलुकभरि विद्यार्थी आन्दोलन चर्कियो । विद्यार्थीको आन्दोलन चर्कने थिएन होला यदि विद्यार्थीहरुले काठमाण्डौस्थित पाकिस्तानी राजदूतावासमा प्रदर्शन गर्दा लाठी चार्ज र गोली प्रकार नगरेको भए । वि.सं. २०३६ सालको जनमत संग्रहको घोषणा विद्यार्थी आन्दोलनकै प्रतिफल थियो । जनमत संग्रहमा उहाँको धरानमा नेतृत्वदायी भूमिका रहेको थियो । वि.सं.२०४६ सालपछि चन्द्र सर विस्तारै नेपाली काँग्रेसको राजनीतिदेखि निस्कृय रहनु भयो । आस्था, विचार त्यागेर उहाँ निस्कृय हुन भएको थिएन । प्रजातन्त्र पुनर्वहाली पश्चात मुलुकले कोल्टे फेर्ला भन्ने उहाँको सोच विपरीत नेताहरुको कमाउ धन्दा गतिविधिबाट उहाँ निस्कृय हुनुभएको थियो । २०४६ सालपछि कोइराला परिवारको परिवारको वरिपरि घुम्नेहरुले पद र प्रतिष्ठा पाउथे । वरिपरि नघुम्नेहरु राजनीतिमा कहिल्यै अगाडि नआएको चन्द्र सरको अनुभव छ । उहाँ चाकडी प्रथाबाट सधै टाढा रहनु भयो । उहाले कहिल्यै चाकडी गर्नुभएन । कहिलेकाही उहाँ मिटिङमा जानुहुन्थ्यो तर चकडीमा जानुभएन ।
वि.सं. २०१० सालमा बाबुले छोराहरुलाई अंशबण्डा गरिदिएपछि परिवारको सबै दायित्व चन्द्र सरको काँधमा आयो । त्यसबेला उहाँको आयस्रोत केही थिएन । दुइ चार विगाहा जग्गा अंशबण्डामा पाउनु भएको थियो । तयसेको आम्दानीबाट उहाँले परिवार धान्नुपर्ने बाध्यता थियो । २०१७ सालको काण्ड पश्चात आफू निस्कृय रहनु पर्ने मुख्य कारण परिवाररको लालनपालनकै निम्ति थियो । यद्यपि उहाँले काग्रे्र्स छोड्नेु भएको थिएन । २०४२ सालको सत्गागहमा उहाँको सुनसरी जिल्लमा अहम भूमिका थियो । २०४६ साल पश्चात नेताहरुकै गतिविधिबाट उहाालाई फेरि वितृष्णा पैदा भयो । सुद्ध देश र जनताप्रति समर्पित भएको राजनीति उहाँ चाहनुहुन्थ्यो । तर यहाँ अर्थात २०४६ सालपछि सत्ताप्रति बढी ल्गाव भएको शुरु भएको चन्द्र सर सुनाउनुहुन्छ । २०४६ साल बीपीको विचारलाई कसैल ग्रहण गरेनन् । केवल बीपीको नाम मात्र लिए । यदि बीपीको विचारलाई सही ढंगले काँग्र्ेसले लिएर अगाडि बढेको भए आज देशको यस्ता दुदर्शा हुने थिएन । उहाँ भन्नुहुन्छ बीपीको विचार सम्यवाद भन्दा पनि राम्रो थियो । बीपीले वैज्ञानिक समाजवाद जुन भन्नुभएको थियो त्यसलाई आजका काँग्रेसले बुझ्न सकेनन् । बीपीको पूँजीवाद र साम्यवालाई सँगसँगै लैजान चाहनुहुन्थ्यो ।
आजका काँग्रेसीहरु पूँजीवादतिर छन् कयुनिस्टहरु अर्कोतिर छन् । आजको भाडभैलोले मुलुक अद्योगगतितर्फ गएको उहाँको ठम्याई छ । वि.सं. २०३६ सालमा भएको शिक्षक आन्दोलनको उहाँले नेतृत्व गर्नुभएको थियो । शिक्षक आन्दोलनकै दौरानमा उहाँले छाताचौकमा एउटा भेला बोलाउनु भएको थियो । त्यसबेला दिलबहादुर श्रेष्ठ सुनसरीको राजा जस्तो थिए । उनैको आदेशमा चन्द्रप्रसाद श्रष्ठलाई टार्गेट गरेर चन्द्रप्रसाद श्रेष्ठको लास र सास लिएर आउनु भने आदेश भएको थियो । भेला हुँदाहुँदै एककासी फायर भयो । प्रहरीले उहाँलाई नै टार्गेट गरेर गरेको फायर बाटोमा हिड्दै गरेका गाण्डिव श्रेष्ठलाई लाग्यो । उहाँ छाताचौकमा भएको पान दोकानभित्र पसेर बाँच्नुभयो । गाण्डिव श्रेष्ठ एकजना धुलिखेलेका छोरा थिए । उनलाई सहीद घोषणा गर्नुपर्ने थियो तर कुनै खोज खबर नै गरिएन ।
२०६२÷०६३ को आन्दोलनमा पनि उहाँले धरानमा नेृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । २०६२÷०६३ को आन्दोलन पश्चात स्थापित गणतन्त्रले मुलुकमा २०४६ सालपछिको परिवर्तन भन्दा कलंकति राजनति शुरु भएको चन्द्र सरको ठम्याई छ । २०४६ साल पछि बनेको अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्व निस्कलंकित थियो । सोच अत्यन्तै राम्रो थियो । पछि उहाँलाई आफ्नैले अन्तरघात गरेर हराएपछि राजनीतिक विकृति शुरु भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ अहिलेको युवाहरुबाट पनि देश र जनताले ठूलो अपेक्षा नराखे हुन्छ । राजनीतिमा स्थापित हुनु छ भने उसले सामाजिक गतिविधि गर्नुपर्छ । सामाजिक गतिविधिबाट ऊ जनसम्पर्कमा आउँछ । जनसम्पर्कमा आएपछि ऊप्रति जनविश्वास बढ्छ । तर यहाँ यो परम्परा छैन ।
वि.सं. २०२४ सालदेखि उहाँ शिक्षण पेशामा लागेपसछ उहाँलाईएकाएक घाँटीको समस्या शुरु भयो । यति साह«ो भयो कि उहाँलाई क्यान्सरको आशंका पनि गरियो । उपचारका लागि दुई तीन महिना पट्ना जानुहुन्थ्यो । उहाँले त्यसै बाँडिएको एउटा रेडक्रसको व्याज कोटमा लगाउनुहुन्थ्यो । उपचारका कारण लागि जाँदा हउँले डाकटरलाई आफ्नो समस्या बताउनु हुँदा डाक्टररको नजर उहाँको कोटको व्याचमा परेछ । डाक्टरले एक्कासी तपाई रेडक्रसको सदस्य हो भन्नुभयो । त्यस बेला सुनसरीमा रेडक्रस सोसाइटी थिइन । उहाँले भन्नुभयो म रेडक्रसको सदस्यचाहिँ होइन त तर आस्था छ भने । उहाँलाई त्यो घट्नाले बेग्लै खालको छाप प¥यो र उहाले आफ्नोे विद्यालयका शिक्षक शिक्षिकासँग सल्लाह गरेको गर्नुभयो । त्यसबेला चन्द्रपसाद श्रेष्ठसँगै इन्द्रमाया साक्य, कुन्ता शर्मा मिलेर रेडक्रसको एउटा अस्थायी कमिटी बनाउनुभयो । पछि त्यसको सदस्यता वतिरण गरेर नेपाल रेडक्रसस सोसाइटी सुनसरी शाखा स्थापना भएको थियो । आजको परिस्कृत तथा विकसित नेपाल रेडक्रस सोसाइटी सुनसरीको संस्थापक चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) नै हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया