सुनसरी–मोरङ सिचाइ आयोजनमा अतिक्रमण बढ्यो

सुनसरी(मोरङ सिँचाई आयोजनाको चतरा नहर आसपास फेरि घर-टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर(टहरा हटाएर केही वर्ष रोकिएकोमा फेरि बनाउने क्रम बढेको हो । २०७२ सालमा सुनसरी बराहक्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा पाँच हजार पाँच सय हाराहारी घर(टहरा भत्काइएका थिए । घर(टहरा हटाउन अटेर गरेपछि सुरक्षाकर्मी परिचालन गरि डोजर लगाएर भत्काएको थियो । सुनसरीको चतराबाट नहर पुग्ने मोरङको बाहुनीसम्म ५३ किलो मिटर आसपास घर(टहरा बनाउने क्रम नरोकिादा नहर साँघुरिदै गएको छ । रामधुनीको झुम्का बजार देखि उत्तर(दक्षिण दुवैतर्फ नहर आसपास घरटहरा बनाउने क्रम बढ्दै गएको हो । मोरङको बुढीगंगा गाउँपालिकादेखि बाहुनीसम्म पनि ठाउँ(ठाउँमा घर टहरा बनाइएका छन् । सिँचाइ आयोजनाले नहरको आसपासमा कुनै प्रकारको अतिक्रमित गतिविधि गर्न पटकपटक सार्वजनिक सूचना नै जारी गर्ने गरेको छ । बसोबास गर्ने क्रममा अन्यत्र बस्ने दरिलो आधार नभएपछि बाध्य भएर नहर आसपासका जग्गामा बस्नुपरेको स्थानीय मनिहरी सरदारले बताउनुभयो ।रामधुनी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष महेश कुमार चौधरीले बजारको विचबाट नहर बगेकाले बजार नै कुरुप बन्दै गएको र नहर अतिक्रमणको चपेटामा परेको बताउनुभयो ।


नहर आसपास बसोबास गर्नेलाई ऐलानी जग्गाको पहिचान गरी सार्ने योजना रहेको इटहरी वडा नं. १६ का वडाध्यक्ष तेजनारायण चौधरीले बताउनुभयो ।
अन्न उत्पादनका लागि सुनसरी र मोरङ पूर्वकै उर्वरभूमि मानिन्छन् । नहर दिनानुदिन साँघुरिएकाल गर्दा खाद्यन्न उत्पादनमा कमी आउने गर्छ । चतरा नहरले सुनसरी(मोरङकाो एक लाख दुई हजार विघा खेतीलाई सिञ्चित गर्ने गर्छ । नहर वि. सं १९६७ सालमा बनाइएको हो । अतः नहर आसपास निर्माण भइरहेका घर(टहरा हटाउन सिँचाई आयोजना, स्थानिय तह र प्रशासन बीच समन्वय गरेमा सम्भव छ ।

तपाईको प्रतिक्रिया