दुई दिने परियोजना व्यवस्थापनको आधारभूत कार्यशाला तालिम सम्पन्न

धरान । धरान जेसीज र वाई–पार्ड नेपालको सहकार्यमा दुई दिने “परियोजना व्यवस्थापनको आधारभूत कार्यशाला तालिम “सम्पन्न भएको छ ।
धरान–३ , सनिवार जेठ २९ गते , धरान जेसीज सचिवालयमा सप्पन्न उक्त कार्यक्रम बिद्यार्थीहरुलाई लक्षित गरि सम्पन्न गरिएको हो। धरान र इटहरीका स्नातक अन्तिमका दश जना विद्यार्थीहरुले उक्त कार्यक्रममा प्रशिक्षण लिएका थिए । वाई–पार्ड एसिया प्यासिफिकका प्रोग्राम अफिसर अभिशेक खड्काले तालिमा मा माइक्रोसफ्ट एक्सल सफ्टवेयर एडभान्स फन्कसन जस्तै पिभोटिङ, स्लाइसर,एक्स लुक–अप सगैं पावर बि–आई सफ्टवेयर परियोजना व्यवस्थापन को आधारभूतर तालिम रहेको थियो ।


सहभागीहरू विभिन्न क्षेत्रहरूबाट भएकाले मलाई तालिम राम्रो लाग्यो। जेसीज र वाई–पार्डको नेपालको यो पहिलो साझेदारीको सुरुवात हो। मलाई आशा छ कि हामी आगामी दिनहरूमा यो गठबन्धन जारी राख्न सक्छौं। ट्रेनर खडकाले बताए । जेसीज अध्यक्ष प्रतिक श्रेष्ठका अनुसार कार्यक्रम बिद्यार्थीलाई लक्षित गरेता पनि कार्यक्रम प्राबिधिक रहेकाले सम्पुर्ण समुदाय पुर्ण रहेको बताए । श्रेष्ठले येस्ता प्राबिधिक कार्यक्रम फेरि पनि ल्याउने अनि समुदायलाई सक्षम बनाउने पनि बताए । कार्यक्रम सफल बनाउन धरान जेसीजका उपाध्यक्ष जेसि निशान नेपाल र वाई–पार्ड नेपालका सदस्य सशांक पोखरेलले संयोजक गरेका थिए। साथै फेरि येस्तो कार्यक्रमहरु साझेदारी गर्ने र विद्यार्थी साथै समुदायलाई साक्षर गराउने दुबै संयोजकले बताए ।

तपाईको प्रतिक्रिया