महंगी, मूल्यवृद्धि, निर्माण सामाग्रीको अभावले निर्माण व्यवसायी महासंघको मुलुकैभरि निर्माण होलिडे आगामी आषाढ मसान्तसम्म सम्पन्न गर्नुपर्ने तहरा–तीनकुने १० किमी सडकको काम रोकियो

धरान । महँगी, अचाक्ली मूल्य वृद्धि, निर्माण सामाग्रीको अभाव भएपछि निर्माण व्यवसायी महासघले मुलुकैभरि आवहान गरेको ‘निर्माण होलिडे’का कारण आगामी आषाढ मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने तरहरा–तीनकुने १० किमी ६ लेनको सडकको काम रोकिन पुगेको छ ।


तरहरा तीनकुने सम्मको सडक निर्माण आगामी आषाढ मसान्तसम्ममा सम्पन्न गर्ने गरी दुई प्याकेजमा ठेक्का सम्झौता भएको हो । तरहरादेखि सेउती पुलसम्म प्यासिफिक विल्डर्स जेभी र सेउतीदेखि तीनकुनेसम्म रौता कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको छ ।कोशी इकोनोमिक करिडोरको यो सडकको काम एक्कासी रोकिएपछि स्थानीयहरुले अनेकौ आशंका गर्न थालेका छन् । एकथरि निर्माणको जिम्मा पाएको ठेकेदार भागेको टिप्पणी गर्छन् भने अर्कोथरि राजनैतिक र आर्थिक अनियमतितालाई जोडेर हेर्ने गर्छन् । यसै सम्बन्धमा हामीले कोशी इकोनोमिक करिडोर सडक तरहरा धरान आयोजनाका प्रमुख बद्री शर्मासँग सडकको काम एक्कासी रोकिनुको प्रमुख कारण के होला भन्ने जिज्ञासा राखेका थियौं । आयोजना प्रमुख शर्मा भन्नुहुन्छ अहिले देशैभरि कस्ट्रक्सन होलिडे चलेको छ । सडकको काम मात्र हैन मुलुकमा यतिबेला सबै निर्माणको काम रोकिएको छ । निर्माण व्यवसायी महासंघले देशैभरिका निर्माणका काम रोकेका छन् । कामको प्रगति सोचे अनुरुप भएन होला तर ठेकेदार भागेको भने होइन ।
प्रमुख शर्माले भन्नुभयो निर्माण व्यवसायीहरुले जुनबेला ठेक्का कवोल गरेका थिए त्यसको तुलनामा हाल धेरै मूल्य बृद्धि भएको महंगाई बढेको, हरेक निर्माण सामाग्रीको मूल्य दोब्बर, तेब्बर भएको, डिजेल र पेट्रोलमा दोब्बर मूल्य बढ्दा गाडी घोडा चलाउन नसक्ने भन्दै कवोल गरेको ठेक्कामा पुनर्मूल्याकन गर्न सरकारलाई दबाब दिन कस्ट्रक्सन होलिडे गरेका छन । त्यसैको असर यहाँको तरहरादेखि धरानको तीनकुने सडक खण्डमा परेको हो । उहाँले पटक पटक दाहो¥याउनु भयो निर्माण व्यवसायीले कामै नगरेको, छोडेर भागेको त्यस्तो केही होइन ।उहाँले भन्नुभयो तरहरादेखि तीनकुने सम्मको दुई प्योजमा ठेक्का स्वीकृत भएको सडकको कुल लागत ७५ करोड रहेको छ । सडकका अलावा सेउती पुलको ठेक्का हिराचन विल्डर्सले पाएको छ । २०७८ असारमा ठेक्का सम्झौता भएको उक्त पुलको कुल लागत ४ करोड ५० लाख रहेको छ । ०७९ माघ मसान्त सम्ममा सेउती पुलको निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्छ । प्रमुख शर्मा भन्नुहुन्छ पुल निर्माणको काम तिब्र गतिमा भइरहेको छ काम सम्पन्न गर्नुपर्नै समायावधि अझै आठ महिना बाँकी छ । उहाँले भन्नुभयो सडक निर्माणको काम युद्धस्तरमै हुँदै आएको थियो । पछिल्लो दुई तीन महिना यता निर्माण व्यवसायीहरुले डिजल, पेट्रोल विटुमिनमा अचाक्ली मूल्य बृद्धि भएपछि कामको गति सुस्त भएको हो । नत्र यतिबेला धरानको तीनकुनेदेखि सेउतीसम्म कालोपत्रेको काम भइसक्ने थियो । निर्माण व्यवसायी पनि कालोपत्रे गर्न तयार भएर बसेका थिए तर विटुमिन नपाएर उनीहरुले कामलाई अगाडि बढाउन सकेनन् ।सडकमा भएका खाल्डाखुल्डी र धुलोले हिड्न सक्ने अवस्था नरहेकोप्रति उहाँले भन्नुभयो पहिला भएको पुराना पिचलाई जोतेर नयाँ शव वेश हालिएको छ । त्यस ठाउँमा त्यत्रा ठूला खाडा पर्दे पर्देन । शववेशमा गाडी गुड्दा टायरले उछिटिएर स–साना खाल्डा परे होलान् तर त्यसलाई पुर्न र नियमित धुलो नियन्त्रणका लागि पानी हाल्न ठेकेदार कम्पनीलाई भनेकोले उनीहरु साइडमै बसेर त्यो काम गर्दैछन् । निर्माणाधीन सडकमा निर्माणको अवधिमा धुलो खाल्डाखुल्डी हुन्छन् हामीले कतिपय कुराहरु स्वीकार पनि गर्नुपर्छ । धुलै नउडी सडक बनाउन सकिने प्रविधि अहिलेसम्म संसारमा कहीँ पनि विकसित भएको छैन प्रमुख शर्माले भन्नुभयो । सडक निर्माण कार्य लामो समय रोकियो भने समस्या त होला नि भन्ने सवालमा प्रमुख शर्माले भन्नुभयो ठेक्का अवधि चार बर्षको हो । चार बर्ष त त्यसै पनि लाग्ने भयो । विराटनगर इटहरी सडक बन्न १० बर्ष लाग्यो । आजको भोलि नै पिच हुने सम्भावना त हुँदैन । चार लेयरको शव वेश हाल्नुपर्छ स–साना सडक गाउँ घरतिरको जस्तो बाटो होइन । जहाँ एक लेयर ग्राभेल गर्ने र त्यसमाथि सिंगल पिच गर्ने जस्तो हँुदैन । यो सडकको पिच पनि दुई लेयरको हुन्छ । पिचै शुरु गर्दा पनि ५÷६ महिनामा काम सम्पन्न गर्न समय लाग्छ । यो त ठूलो ६ लेनको बाटो हो । फेरि बर्षाको बीचमा पिच गर्न सम्भव पनि हुँदैन । यतिबेला ग्राभेलमा भएको खाल्डाखुल्डी पुर्ने र धुलो नियन्त्रणका लागि पानी हाल्ने काम मात्र हुन्छ, शर्माले भन्नुभयो ।

तपाईको प्रतिक्रिया