घण्टाघरबाट हेर्दा

वडाध्यक्षहरु एकाएक गायव
धरानमा खोला दुलो पारेर मुसे प्रवृत्ति देखाउदै आएका केही वडाध्यक्षेहरु एकाएक गायव भएका छन् । नगरपिता हर्के हवल्दारले तेवकोलौरी घुमाएर खोलामा प्वाँल पारेर गिट्टी, ढुंगा, बालुवा बेचेरर साँढे पल्टिएका वडाध्यक्षेहरुको थाप्लोमा बजार्न लागेसी’ उनेरु वाफके दुहाई भन्दै गायव भएका हुन रे । बडो शक्तिशाली छ हर्के हवल्दारको बेतको लौरो । आफूलाई तस्मिार खाँ भन्ने राजनैतिक पार्टीहरुलाई टुटुल्को उठ्ने गरी दनक दिएर नगर पिता बन्या हुन हर्को हल्दार । मुसे वडाध्येक्षेहरुले सितिमिति सम्झेर कार्जैपालिकाको वैठटठकमा हुर्मत लिन खोज्या थिए । वाफ रे वाफ † ती मुसे वडाध्येक्षेहरुको माग पनि सितिमिति हो र ? हाम्ले खोलामा प्वाँल पारेर जति पनि गिट्टी, बालुवा, ढुंगा बेच्न पाउनुपर्छ, जंगलकारुख ठिनिक्कै पार्न पाउनुपर्छ, वडामा छुट्याइएको बजेटको हिसाब किताब खोज्न पाइदैभनेर तिन्ले उठाएको आवाज ठीकै पनि हो । हेर्क हल्दारले आफूले नखाएपनि अरुलाई खान दिनुपर्दैन ? विचराहरुले चुनाउको बेला लाखौ रुपैया सिध्याएका छन् । ऋणपानमा डुब्या छन् । उनेरले उकास्न त पाउनुप¥यो नि । एक एक पैसाको हिसाब खोज्छु भनेपछि विचाराहरु गायव हुने नै भए ।


माकुन्याउको विल्लीबाठ
पुतलीजुँगे नेकपाएसका अध्येक्षे माकुन्याउको विल्लीबाठ हुने भएको छ । मन्तरीखनैकालागि झेमाले छाडेर माकुन्यको पछि लागेकाहरुलाई माकुन्याउले ६ महिनामै बोलाएसी’ उनेरु अर्को पार्टी खोल्ने घरेलु कार्यमा लाग्याछन् । उता ६ महिना पछि मन्तरी पाइला भनेरऔला भाँचेर मुख मिठ्याएर बसेकाहरु मन्तरी खाने दौडमा खुट्टा उचालेर तयारी अवस्थामा बस्याछन् । विचरा माकुन्याउलाई भुन हत्तत्ते नै प¥या छ । खाई राखयालाई फिर्ता बोलाउँदा ती अन्तै जाने त्रास । खुट्टो उचालेकाहरुलाई सिंहदरबार नहुलुम भने तिन्ले पनि माकुन्यालाई छोड्ने निश्चित । झेमालेबाट फकाईफुल्याई गरेर ल्याएकाहरुले अन्तेमा आफूलाई छोडेर कुले ठोक्ने देखेपछि माकुन्याउको बिल्ीबाठ हुने निश्चित भएको छ ।
एमालेको हालत बनाइदिने रे
माउवादीका सदावहार अध्येक्षे प्रचण्डाउले भन्या नेप्लिज लाँग्रेसले घमण्ड नगरोस् घमण्ड गरे झेमालेको हालत बनाइदिने रे । हुन प्रचण्डाउ भन्या थर्काएर हप्काएर, घुक्र्याएर सत्ताको वरिपरि घुमिरहने भस्मासुरमनुवा हुन् । यसभन्दा अगाडि झेमाले सिध्याइदि अब अहिले शेरबहादुर भाया भएरे कँग्रसभित्र छि¥या छन् । हुन त काँग्रेस सभापति प्रचण्डाउका लािग सबैभनदा विश्वास पात्र हुन् । विचरा स्यालबहादुरलाई सबै कुरा भाँडमा जाओस सिंहदरबार र वाल्वाटारको आइजाई नटुटोस् । यसको चाँजोपाजो मिलाउने पचण्डाउ र माकुन्याउ छद्दैछन् । त्सैले स्यालबहादुर ढुक्कले कहिले ससदमा धित मरुन्जेल निदाउँछन््, कहिले ¥याउल चुहाउँछन् र हातले पुच्छन् कहिले राजजकनीमा हात राख्छन्, कहिले बाँदरले झै टाउको कन्याउँछन्, कहिले पल्याकपुलुक दायाँबायाँ हेर्छन् । यस्तो सुविधा पाएपछि काँग्रेसलाई एमलालेकै हालतमा पु¥याउछु भनेर धम्की िदएनि के फरक पर्छ र ? कि कसो हौ काजी साहेव ?
झलु पुरानै घर फर्किने रे
नेकपा एसका सुख्खा बरिष्ठ नेता झल्लाझलु माने सर्पनाथ पुरानौ घरमा फर्कने तारतम्मे मिलाउँदैछन् रे ।माकुन्याउको पछिलोरठूले भाग खान गा’थे अभागी खप्पर जहाँ गए नि ठक्कर भनेझै विचरालाई माकुनेले बरिष्ठ नेताको पगरी गुथाइदिएका छन् । बाँकी अधिकार त उही सान्डाको तेल । विचरा बडो छट्पटाहटमा छन् । पुरानो घरका मुखियाले नबोलाइ त्यसै पस्नु पनि भएन । पुरानो घरका मुखिया पनि बडो जज्वल्यमान छन् । एकपटक छोडेर हिडेका विटुलो भएकालाई भिœयाउँदा लोकले के भन्ला भन्ने त्रास † बरु यसो सुनपानी छर्केर भिœयाउँदा हुन्छ भने भिœयाइदिए हुन्थ्यो विचरालाई ।
डंकीड· परेछ
राष्ट्रिय जनता पार्टीका अध्येक्षे यतिबेला बडो संकटमा प¥या छन् माने उपिन्दर जादव । उइताको बुहारी भटमास खाएकी भनेझैअनुहार त्यसैपनि कालो त्यसमाथि अस्तिका दिन तिन्को अनहार मकै भुट्ने हाँडी जस्तो भा’थ्यो । चिारलार्य कम्ताटेन्सिनि छैन ? स्थानयि निर्वाचनमा मधेशमै उत्तानोचित्त परेर बजारिएका बेला आm्नै आँखा अगाडि तिन्लाई र्को बजपात आइलाग्या छ ।सर्लाहीतिरकोएउटा कार्जेक्रममा निर्वाचनको समीक्षा गर्न कार्जेकर्ताको भेला गरेछन् । भेला शुरुमात्र के भा’थ्यो एकले अर्कोलाई अन्तरघाती भन्दै औँला ठड्याउन शुरु गरिहालेछन् । दन्तबझानपनि उत्कर्षमा पुगेछ । औँलो ठड्याएर दन्तबझानको रिहर्षल शुरु भएपछि िएक अर्कामा डंकीडङ्ग परिहालेछ । आm्नै आँखा अगाडि घाति र अन्तरघाति बीचको डंकीडङ्गमा परेर गोडादशेकका टाउकामा यमानका टुटुल्को उठेछ । अन्तेमा विचारा उपिन्दर रमिता हेरेर फर्केछन् ।
सुजो मन्तरी हुने रे
गिर्जाउ पुत्री सुजो आच्या वंशघाति मन्तरी बन्ने भा’छिन् । हुन त सुजो माने सुजाता जोष्ठ मन्तरी बनेपनि नबने पनि नेपाली जन्तालर्य लुतो र न कन्याई । यो मुलुकाँ जस्ले अन्तरघात ग¥यो त्यसैका दिन मान्छेका मलमा फलेका मुला झै सप्रेर आउँछ ।अब हेरम न चौद्यो महाधिववेशनमा राजधानीको क्षेत्रपाटीतिरका गठ्ठे, सिंहको पछिल्तिर लागेर अन्तेमा ¥याले काजीको पोल्टामा पुगेसी सुजोको मन्तरी बन्ने पक्का भएको हो । महाधिवेशनको दोस्रो चरणमा प्रवश गर्न नपाई सुजो गठ्ठे सिंहको पछिपछि लागेर ¥याले काजीको पक्का आदमी बन्न पुगेकी थिइन् । अब पक्का आदमीलाई त ठाम दिनैप¥यो, कि कसो हौ ?
कार्यकक्षमै भेटेछन् हनुमान धुलाई
अगाडि पछाडी आर्मी, पुलिस लगाएरनेता मन्तरी किन हिँड्छन् भन्या त बल्ल घण्टाघरलाई थाहा भयो । विचराहरुलाई जस्ले जहाँ भेट्टायो त्यही बजाउँदा रै’छन् अनि पो त्यसरी हिँड्दा रा’न । अस्तिका दिन सामान्य प्रशासन मन्तरी राजेन्द्र श्रेष्ठलाई सिंहदरबारको आm्नैकार्जेकक्षमारामबाबु याद भन्ने एकजना मुस्दण्डेले हुनमान धुलाई गरेछन् । कुरो एक कान दोकान मैदान नहोस भनेर मन्तरीका पिएसओ, स्वकीय सचिवले थामथाम थुमथुम पार्ने अथक प्रयास गरेका थिए । तरएकादोकान मैदानभनेझै सत्य कुरा जति डोकाले छोपे पनि कहाँ छोपिपन्थ्यो र ?
अन्तेमा
नपालमा भ्यु टार अत्यन्तै आवश्यक रहेछ । खप्रओले आफना कार्जेकालमा जताततै भ्युटावर बनाए, उद्घाटन गरे । देशका जन्ताले सिटामोल खानपाएका छैनन् अरबौ रुपैयाँको भ्युटावर किन बनाएको भनेर पर्तिपक्षेहरुले कम्ता आलोचना ग¥या थेनन् । तर भ्यु टारको महत्व महिमाको बारेमाबल सबैलाइ थाहा हुन थाल्या छ । अब भ्युटावर गाउँ गाउँ, वडावडमा बनाउने अभियान नै चलाउनुपर्ला जस्तो छ । भ्युटावर नभएकोे नुवाकोटको घले गाउँका माइला विकले अस्तिका दिन त्रिशुलीजलविुत आयोजनाको प्रशारण लाइन चढेर पर परसम्मको दृश्य हेर्नुप¥यो । भ्यु टावर भैदियाभए त्यसरी माइला विक तारमा चढ्दैनन् थिए । कि कसो हौ ?

तपाईको प्रतिक्रिया