न अब काँग्रेसले रामप्रसाद जन्माउन सक्छ, न रामप्रसादहरुले काँग्रेसमा लगानी गर्छन्

धरान । कोठाभित्र छिर्नासाथ टेबुलभरि औषधिका फाइलहरु, गिलास र पानीको जग, छेउमै मच्छडदानीले छोपेको ओछ्यानमा चिन्नै गाह«ो पर्ने मानव आकृति, पीडा मिश्रित घुर्मेलो स्वर, अनुहारमा पश्चतापका रेखा अर्थात रामप्रसाद निरौला जसले आफूलाई पाँच दशक भन्दा अधिक समय प्रजातन्त्र र नेपाली काँग्रेसका लागि समर्पित गर्नुभयो ।


हट्टाकट्टा शरीर, इमान्दारिताका उदाहरणीय व्यक्तित्व रामप्रसाद निरौला आज जीवन र मृत्युसँग संघर्ष गरिरहनु भएको छ । धरान उपमहानगरपालिका वडा नं. १६ निवासी निरौलाले पञ्चायतका ती कठोर दिनहरुमा प्रजातन्त्र प्राप्ति र नेपाली काँग्रेसको संगठनमा पु¥याउनु भएको योगदानबाट आज व्याज खाएर बाँचेका नव दलाल काँग्रेसहरुलाइ के थाहा रामप्रसाद निरौलाको इतिहास ? पेटको क्यान्सरबाट पीडित निरौलाको परिवारले ऋण सरसापर्टी गरी चैत्र २७ गते अपे्रशन गरे । तर पार्टीको पद ओगटेर धन्दा चलाएर बसेका काँगे्रसीहरु न त रामप्रसाद निरौलाको स्वास्थ्य अवस्था बुझ्न, सान्त्वना दिन पुगे न त औषधोपचारमा सहयोग पु¥याए ।धरान साप्ताहिकसँगको भेटमा निरौलाले भन्नुभयो अप्रेशन गरेर ओछ्यानमा पल्टिए पनि सहारा लिएर स्थानीय निर्वाचनमा मतदान गरे । परिवारले पनि यसपटक काँग्रेसमै मतदान गरे तर अब नगर्ने निर्णयमा पुगेका छन् । जिम्मेवार पदमा बस्ने कोही काँग्रेस तपाईलाई भेट्न आएका छैनन् भन्ने जिज्ञासामा उहाँले मधुरो स्वरमा भन्नुभयो नजिकका एक दुई जना आउनु भयो । अरु त कोही आएका छैनन् । कुनै प्रकारको सहयोग गरेका छैनन् । रामप्रसाद निरौलाप्रति धरानको काँग्रेस, क्षेत्र र जिल्ला नेतृत्वले देखाएको उदाशीनता प्रति अग्रज काँगेस नेता विश्वराज शर्मा आक्रोसित पोख्नुहुन्छ । उहाँ भन्नुहुन्छ अब न काँग्रेसले रामप्रसाद जन्माउन सक्छ न त अब रामप्रसादहरुले काँग्रेसमा लगानी गर्छन् । पावर हंग्री लिडरहरुले कतिञ्जेल काँग्रेस बचाउँछन् उहाँको प्रश्न थियो ।

तपाईको प्रतिक्रिया