धरान । स्थानीय तह निर्वाचन अन्तर्गत वैसाख ३० गते भएको धरान उपमहानगरपालिकाको निर्वाचनमा निर्वाचित अर्थात जितेका, पराजित भएका अर्थात हारेका वडाध्यक्ष, सदस्य, प्रमुखका प्रत्यासी र निर्वतमान नगर प्रमुख समेतलाई आइतबार यहाँ स्वागत सम्मान गरिएको छ ।


नेपाली काँगेस धरान उपमहानगर समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा त्यसरी स्वागत तथा सम्मान गरिएको थियो । सो अवसरमा नेपाली काँग्रेस प्रदेश नं. १ का संसदीय दलका नेता तथा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीका निवर्तमान जिल्ला सभापति राजीव कोइरालाले नेपाली काँगेसबाट प्रत्यासी बनेका उमेद्वारहरुलाई सम्मान गर्नुभएकोे थियो । बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता कोइरालाले भन्नुभयो देशको समग्र निर्वाचन परिणामलाई हेर्दा नेपाली काँग्रसले सम्मान जनक जित हाँसिल गरेको, नेपाली काँग्रेस पहिलो दल बनेको बताउनु भएको थियो । उहाँले एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै भन्नुभयो, निर्वाचन अगाडि ओलीका उखान टुक्का खुब सुनिएको थियो तर निर्वाचन पछाडि सुन्नै छोडिएको, हराएको छ । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति एवम् इनरुवा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख केदार भण्डारीलाई समेत सम्मान गरिएको थियो ।
