धरान । शुक्रबार धरानमा मिटर व्याजबाट पीडित भएका सप्तरीले आफूले भोगेका पीडा सुनाउदै पत्रकार सम्मेलनमै भावविहल बने । साहुबाट तिरेको ऋण पटक पटक तिर्दा समेत कहिल्यै असुली नभएको गुनासो गर्दै घर खेत राखेर लिएको ऋण व्याजसहित फिर्ता गर्दा समेत अझै घर खेत फिर्ता नहुदा आफूहरुलाई समस्या भएको गुनासो पोखे ।

घर खेत नै राखेर चर्को मिटर व्याज लिएर ऋण असुल्दै आएकासप्तरीको खडग नगरपालिका ७, कल्याणपुर का ६७ बर्षीय रामदेव साहका कारण उठीबास हुने बेला भएको भन्दै सहयोग गरिदिन सबैसँग आग्रह भावविहल बन्दै पीडा पोखे ।घरखेत राखेर ऋण लिएका उनीहरुले ऋण तिरिसक्दा समेत आफूहरुको घर जग्गा फिर्ता नदिएको भन्दै भावविह्वल बनेका हुन् । उनीहरुले आफूहरुलाई प्रहरी प्रशासन, समाज कतैबाट सहयोग नपाएको गुनासो गरे ।आफूले कमाएको जायजेथो फर्काउन गाहूो हुने देखेपछि उनीहरुले संघर्ष समिति ठन गरेर आन्दोलन गर्ने भएका छन् । समितिका संयोजक छेदीलाल पासवानले इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले प्रक्राउ पूर्जी दिए पनि धरानमा लुकेर बसेका साहलाई प्रक्राउ नगरेको आरोप लगाउनुभयो । उहाले यसभन्दा अगाडि पनिे धरान १९ मा रहेको साहकाके घरमा गएर धर्ना दिएको बताउदै अहिले पनि इलाका प्रहरी कार्यालय कल्याणपुरले साहलाई प्रक्राउ गरेर अनुसन्धान गर्न जारी गरेको पत्रको इलाका प्रहरी कार्यालय धरानल वेवास्ता गरेको आरोप लगाउनुभयो ।
उहाले पटक पटक पत्रकार सम्मेलन गरेको, अदालत पुगेको, प्रहरी प्रशासनमा बारमबार धाउदा पनि आफूहरुले न्याय नपाई उठीबास लाग्न लागेको बताउनुभयो ।
बोदे बर्साइन नगरपालिका ७ का तैअब अलीले ०७१ सालमा जग्गा राखेर ऋण लिएको भएपनि आफूले सबै ऋण चुक्ता गरेको बताउनुभयो । उहाले जग्गा राखेर रकम लिएको ऋण सबै तिरिसक्दा पनि अझै ऋण तिरिसक्दा आफ्नो जायजेथा फिर्ता नभएको बताउनुभयो ।अर्का पीडित पीडित रामप्रसाद खत्वेले आफूहरुलाई धोका दिएर सर्वनाश गर्न खोजेका भन्दै अब आन्दोलनबाहेक अर्काे विकल्प नभएको बताउनुभयो । उनले धाउने ठाउ धाइसकेको बताउदै अब संघर्ष विना अर्को विकल्प नभएको बताउुभयो । संघर्ष समितिका संयोजक छेदीलाल पासवानले आफ्नो सम्पत्ति लिन पनि आफूले धेरै सघर्ष गर्नुपरेको बताउदै जाने र भन्ने ठाउमा भनिसक्दा पनि आफूहरुको कुरा कसैले नसुनेको बताउनुभयो । उहाले चार पाच पटक यही विषयमा पत्रकार सम्मेलन गरेकोे, अदालत गएको, प्रहरी प्रशासन गुहारेको बताउदै, कतैबाट हामीले सहयोग बताउदै अब धर्ना र सडक आन्दोलन सशक्त बनाउने चेतावनी दिनुभयो ।
उहाका अनुसार सप्तरीको जिल्ला प्रशासन अगाडि धर्ना दिने, त्यसपछि पनि मागको सुनुवाई नभए सडक जाम गरेर आन्दोलनमा उत्रने र धरान १९ मा रहेको साहको घरमा धर्ना बस्ने बताउनुभयो ।
एक्काइसौ सताब्दीमा समेत विगतको पुरातनवादी परम्परा कायमै रहन्दा समेत प्रहरी प्रशासनले साहलाई कारबाही नगरेको भन्दै उनीहरु आन्दोलित छन् । सप्तरीका २ हजार भन्दा बढी साहबाट पीडित रहेको उनीहरुको भनाई छ ।
