सुनसरी । दोस्रो स्थानीय तह २०७९ मा उमेद्वारी दिएका दलका नेता तथा स्वतन्त्र उमेद्वारलाई सुनसरी निर्वाँचन आयोगले खर्च विवरण पेश गर्न निर्देशन दिएको छ ।
जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलले सोमबार सुचना जारी गर्दै स्थानीय निर्वाचन नियमावली २०७३ को नियम ४० अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तीनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला निर्वाचन कार्यलयमा पेश गर्नुपर्ने कानुनी व्यवस्थालाई खुलाउँदै खर्च विवरण माग गरिएको छ ।

सुनसरीका १२ वटै स्थानीय तहका विभिन्न पदमा उम्मेदवार भएका उम्मेदवारले आफुले गरेको खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र जिल्ला निर्वाचन कार्यलयमा बुझाउन भनिएको छ । सूचनामा तोकिएको समयमा निर्वाचनको खर्च विवरण नबुझाए कानुन बमोजिम अगाडि बढ्ने जनाएको छ
