धरानमा सिएनजी ग्यासबाट टेम्पो सञ्चालन

धरान । आइतबार विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी वातावरण दिवस मनाइएको छ । धरानमा समेत विभिन्न संघ संस्थाले एक दिन व्यस्त सहर बजार सरसफाइ गरेर मनाएका छन् ।वास्तवमै भन्ने हो भन्ने विश्व वातावरण दिवस व्यवहारिक भन्दा पनि शैद्धिान्तिक हिसाबले मात्र मान्न गरिएको छ । यसलाई व्यवहारिक रुपमा उतार्ने काम गरिएको छैन ।
धरानमा भने फोहोरबाट सिएनजी ग्यास उत्पादन गरेर व्यवहारिक रुपमै वातावरण स्वच्छ राख्ने प्रयास भएको छ ।लामो समयदेखि निर्माणाधीन धरानको फोहोर प्रशोधन केन्द्रबाट सिएनजी ग्यास उत्पादन शुरु गरिएको छ । धरान ६ पानबारीमा खोलिएको सो केन्द्रबाट फालिएको फोहोरबाट ग्यास उत्पादन गरेर वातावरण स्वच्छ बनाउने हो । धरानको फोहोर व्यवस्थापनसंगै उपमहानगरपालिकाले माहोर कमाउने उद्देश्यले शुरु गरिएकोे केन्द्रबाट ग्यास उत्पादन हुन थालेको हो ।


उत्पादन भएको ग्यास तीन पांग्रे सवारी साधन टेम्पोमा पेटूोलको विकल्पमा प्रयोग गर्न थालिएको छ । धरानमा चलिरहेका विभिन्न ब्राण्डका टेम्पोमा एउटा सिलिण्डर सहितको किट हाले पछि टेम्पो ग्यासबाट चल्छ । हिमालयन पेट्रोल पम्प नजिकै खहरे खोलाको छेउमा रिफल स्टेसन ्राखिएको केन्द्रका जेनिस श्रेष्ठले बताउनुभयो । उहाले पेटूोलभन्दा सस्तो र वातावरण पर्यावरण स्वच्छ राख्न सहयोग पुग्ने बताउनुभयो ।वैशाख १ गते देखि शुरु गर्ने गरी परिक्षणको काम समेत सम्पन्न भएको थियो । परीक्षण सफल भएसँगै यो प्रयोगमा आएको छ ।भेन्चर वेष्ट टु इनर्जीले धरान उपमहानगरपालिकाको वडा नम्बर ६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको छ । केन्द्रले धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएको थियो ।
पूदूषणमुक्त हुने मात्र हैन पेटूोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको समयमा यो सहज समेत भएको टेम्पो चालकहरु बताउछन् । २० वर्ष पछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी ५० मेटिून टन क्षमताको प्रशोधन केन्द्र निर्माण गरिएको हो ।कम्पनीले पानवारीमा १ बिघा २ कट्टा जमिन खरीद गरेर प्लान्ट स्थापना गरेको छ । सम्झौता अनुसार प्रालिले २० वर्ष पछि प्रशोधन केन्द्रको सम्पूर्ण सम्पत्ति उपमहानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । यो प्लान्ट सञ्चालनमा आएसगँै धरानको फोहोर मैलाको दीर्घकालिन व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।प्रशोधन केन्द्रले दिनको २ हजार केजी ग्यास उत्पादन गर्ने निर्देशक श्रेक्ष्ठ बताउनुहुन्छ । दैनिक जसो ४ सय देखि ५ सय टेम्पोलाई ग्यास उपलब्ध गराउन सक्ने क्षमता रहेको उहाले बताउनुभयो ।
यसले धरानको दीर्घकालीन फोहोर व्यवस्थापनामा सहयोग पुग्ने अपेक्षा धरानेहरुले राखेका छन् । सैद्धान्तिक रुपमा भन्दा पनि व्यवहारिक रुपमा वातावरण स्वच्छ राख्ने उद्देशयले विश्व वातावरण दिवस मनाउन थालिएको हो ।विश्व पर्यावरण् प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्टूको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
वतावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्टूको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । सैद्धान्तिक रुपमा मात्र मनाउदै आएको दिवस धरानमा भने व्यवहारिक रुपमा धरानले थालिएको छ । यसले पककै पनि वातावरण स्वच्छ हुन सहयोग पुग्छ । दिवसका दिन दिन सफा गरेर मनाउनुभन्दा व्यवहारिक रुपमा दीर्घकालीन समस्या समाधानतर्फ लागे दिवसकोे सान्दर्भिकता हुने थियो कि ?

तपाईको प्रतिक्रिया