सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनतेमा जब्दी ६ बस्ने ३७ बर्षीया सरस्वती श्रेष्ठ रहेकी छन् । आइतबार बेलुका बेलुका साढे ७ बजे घर अगाडी कलमा पानीको मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर श्रेष्ठ घाइते भएकी थिइन् । गम्भिर घाईते भएकी श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा आइतबार राती सँवा ९ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहको छ ।
