जेनेरेटरबाट करेन्ट लागेर एकको मृत्यु

झापा । झापाको गौरिगंज गाऊपालिकामा जेनेरेटरबाट करेन्ट लागेर एककको मृत्यु भएको छ ।
झापाको गौरीगञ्ज ५ फत्तेपुर बस्ने शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको हो । सोमबार बिहान ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागेर गनगाई घाइते भएका थिए । घाईत गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया