रुखबाट लडेर एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुङगामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ गाऊपालिका ६ मंगलबारे बस्ने ५५ बर्षीया दुधमाया कट्वालको रुखबाट लडेर मृत्यु भएको हो । आइतबार बिहान ८ बजे घरबाट अन्दाजी २ कि.मि. दक्षीणमा रहेको पाखाबारीमा बाझको रुखमा चढेर घास काट्ने क्रममा लडेर घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट प्रहरी टोली खटिएको थियो ।

तपाईको प्रतिक्रिया