हत्याको अभियोगमा ३ जना पक्राउ

मोरङ । मोरङको कटहरी गाउँपालिका २ आदर्शटोलका ५० बर्षीय तुलसी श्रेष्ठको हत्याको अभियोगमा ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका १ का ३३ बर्षीय
रविन भुजेल, कटहरी गाउँपालिका १ कै २९ बर्षीय कपिल माझी र कटहरी गाउँपालिका ३ का २८ बर्षीय नितेश चौधरी रहेका छन् ।


आइतबार बिहान साढे ६ बजे मोरङ कटहरी गाउँपालिका –१ महेशपुर थानगाछी स्थित बित्तु माझीको खेतमा तुलसी श्रेष्ठ मृत अवस्थामा रहेको जानकारी प्राप्त हुन साथ वडा प्रहरी कार्यालय (ख) हाटखोला र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिएकोे थियो । घटनाको प्रकृति हेर्दा मृतकको शरीरमा चोटपटक देखिएकोले हत्या भएको हुन सक्ने आशंका गरी डग स्नाफिङ समेत गरिएको थियो । घटनालाई सुक्ष्म रुपले अनुसन्धान थालेको मोरङ प्रहरी घटनामा संलग्नलाई आइतबार बिहान १० बजे पक्राउ गरेको हो ।  आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजारहरूले टाउँकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया