पेस्तोल सहित तीन प्रक्राउ

धरान । सुनसरीको ईटहरी उपमहानगरपालिका–४ जनता टोलबाट पेस्तोल र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका–४ का १९ बर्षीय धन बहादुर राई, २७ बर्षीय टिका राई र ईटहरी–५ का २८ बर्षीय धन बहादुर राई रहेका छन् ।


पेस्तोल सहितका ब्यक्तिहरुले लागुऔषध बेचबिखन गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जेठ १३ गते राति ११ बजे ईलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लेबल नलागेको लागुऔषध २४ एम्पुल र मेड इन युएसए लेखिएको पेस्तोल १ थान तथा सोही पेस्तोलको म्याग्जिन १ थान बरामद गरेको छ । लागुऔषध तथा पेस्तोल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया