मूलधारका पार्टीले जनहितका काम गर्न सकेनन्

धरान । राष्टिूय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशकामूलधार पार्टीले जनताकालागि केही नगरेको बताउनु भएको छ ।
अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी धराननगर समितिले धरान १४ मा आयोजित बधाई एवम् शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मूलधारका राजनीतिक पार्टीहरुले जनतालाई झुक्याउन गोजीको रकम दिए जस्तै हामीले बृद्धबृद्धालाई भत्तादियौ, यो ग¥यौ त्यो ग¥यौ भन्ने भ्रम फैल्याउने काम गरेको बताउनुभयो । उहाले त्यो सबै चुनावमा भोट तान्न गरेको प्रोपोगाण्डाबाहेक केही नभएको बताउनुभयो ।


उहाले एमालेले दिएको सामाजिक सुरक्षाको भत्ताको प्रसंग कोट्याउदै भत्ता हामीले दिएको भने पनि त्यो एमालेको गोजीबाट नभई राष्ट्रको ढुकुटीबाट भत्ता दिएको बताउनुभयो । उहाले यी प्रलोभनमा पारेर जेष्ठ नागरिकबाट एमालेले भोट तान्ने मेलो गर्ने गरेको समेत आरोप लगाउनुभयो । उहाले राष्ट्रिय प्रजातन्त्र पार्टी देशको अखण्डता रक्षा, जनताको हितका लागि खोलिएको पार्टी भएकोले एक पटक विश्वास गरेर हेर्न आग्रह गर्नुभयो । उहाले आफूले बारम्बार भन्ने गरेको भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्ने वाक्य पटक पटक दोहो¥याउनुभयो । उहाले आफूले अहिलेसम्म एक रुपैया कसैबाट नलिएको र भविष्यमापनि एक पैसा घुस नखाने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीका अध्यक्ष दुर्गाबहादुर बस्नेतको अध्यक्षमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्रबाट वडाध्यक्षमा जित हात पार्ने धरान १४ का कृष्णप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो । २० वडा रहेका धरान उपमहानगरपालिकामा धरान १४ बाट एकमात्र जित भट्टराईले गर्नुभएको थियो । भट्टराई ०७४ सालमा नेपाली काँग्रेसबाट सोही वडाको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । दोस्रो निर्वाचनमा भनेनेपाली काँग्रेसले टिकट नदिएपछि राप्रपा प्रवेश गरी वडाध्यक्षमा निर्वाचित हुनुभएको होे ।

तपाईको प्रतिक्रिया