धरान १८ ले रच्यो इतिहास

धरान । नेपाली काँग्रेसका युवा नेता, धरान उपमहानगर समितिका उप सभापति एवम् सामाजिक अभियन्ता नरेन्द्रकुमार राई (प्रवीण) स्थानीय निकाय अन्तर्गत वैसाख ३० गते भएको धरान उपमहानगरपालिका वडा नं. १८ को वडाध्यक्षको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्यानलसहित अत्याधिक वहुमतले विजयी हुनुभएको छ ।


नेकपा एमालेको लालकिल्लाको रुपमा रहेको धरान वडा नं. १८ मा राई मुलुक संघीय गणतन्त्रमा गएपछि २०७४ मा भएको पहिलो निर्वाचनमा अत्याधिक वहुमतले विजयी हुनु भएको थियो ।
पाँच बर्ष वडाध्यक्षको रुपमा रहेर काम गर्दा राईले बुद्धचौकदेखि बीपी प्रतिष्ठान गेटसम्मको जीर्ण र साँगुरो सडक विस्तार गर्ने, बीपी सुन्दर बजार व्यवस्थित गर्ने, बुद्धचौकदेखि रत्नचौकसम्मको सडक स्तरोन्नति गर्ने, वडा न. १८ का भित्री सडकहरु स्तरोन्नति गर्दै कालोपत्रे गर्ने, रत्नचौकदेखि मंगलबारेसम्मको सडक विस्तार गर्ने काम सम्पन्न गर्नुभएको थियो । यसैगरी धरान उपमहानगरपालिकाबाट जनप्रतिनिधिका लागि प्राप्त सेवा सुविधा नलिई निरन्तर वडाको विकासमा राईले गरेको कामकै कारण वडाबासीले उहाँलाई दोस्रो कार्यकालका लागि निर्वाचित गराएका हुन् । ०७४ को निर्वाचनमा नेपाली काँग्रेसिले १, २, ५, १४ र १८ मा वडाध्यक्षमा जित हाँसिल गरेको र पुनः वडाध्यक्ष दोहोरिनेमा राई राईमात्र एक प्रत्यासी रहनु भएको छ । यसै सम्बन्धमा राईलाई दोस्रो कार्यकालका लागि निर्वाचित हुँदा कस्तो अनुभूति भएको छ भन्ने जिज्ञासा राख्दा उहाँले भन्नुभयो वडाबासीले मैले पाँच बर्षमा गरेको कामको उचित मूल्यांकन गर्नुभएको छ । खुशी लागेको छ ।
नवनिर्वाचित वडाध्यक्ष राईले धरान उपमहनगरपालिकाबाट प्राप्त हुने सिलिङ्ग बजेटका अलावा, वडाबासीको सामुहिक सहभागिता र आफ्नै नीजि स्रोत साधन समेत खर्च गरी काम गर्नुभएको थियो । विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य वीमा, महिला सशक्तिकरण, सीपमूलक तालिम, युवाहरुको क्षमता अभिवृद्धि तालिम, अशक्त, असहायहरुलाई आफ्नै खर्चबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औषधोपचार समेत गराउँदै आउनु भएको थियो ।

तपाईको प्रतिक्रिया