धरान । भर्खरै सम्पन्न स्थानीय निर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाको निर्वाचनमा चार भट्टराई चार वडाध्यक्षमा फरक फरक राजनैतिक धारबाट विजयी भएका छन् ।
नेपाली काँगेसले टिकट वितरणमा पूर्वाग्रही ढंगले आर्थिक अपलचन गरी वडास्तरमा बर्षौदेखि काम गर्दै आएकाहरुलाई प्रत्यासी हुनबाट बञ्चित गरेपछि वडा न. ६ बाट भुपेन्द्र भट्टराईले स्वतन्त्रबाट उमेवारी दिई अत्याधिक वहुमतले विजयी हुन पुगेका थिए । नेपाली काँग्रस वडा कार्यसमितिका सभापति समेत रहेका भट्टराइलार्ई नियतबस पन्छाउन खोजिएपछि पार्टीभित्रै विद्रोह गरी उनले स्वतन्त्र उमेद्वारी दिएका थिए ।

उता वडा नं. १४ का निवर्तमान वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले समेत पार्टीसँग सहकार्य नगरेको फत्तुर आरोप लगाई उमेद्वारी दिनबाट बञ्चित गरेपछि उनले उमेद्वारी दर्र्ता मनोनयनकैै दिन नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरी वडाध्यक्षमा उमेद्वारी दिए । वडा नं १४ का मतदाताहरु बीच लोकपिय, धरानका अन्य वडाहरुमा भन्दा बढी विकास र जनहितका काम गरेका भट्टराईले अन्तत ः मुलधारका हौ भन्ने नेपाली काँग्रेस एमाले, माओवादीका प्रत्यासीको भन्दा अत्याधिक मत ल्याई वडाध्यक्षमा विजयी भए । उता ४२ बर्षपछि धरान उपमहानगरपालिका वडा नं. १६ मा नेपाली काँगेसले एमालेको विरासत तोडेको छ । नेपाली काँग्रेस प्रदेशसभा ‘ख’ का सभापति समेत रहेका मुरारी भट्टराईले दोस्रो प्रयासमा एमाले माओवादी लगायका दललाई भारी मतान्तरले पराजित गरी नेपाली काँग्रेसलाई जित दिलाएका थिए । यसैगरी वडा नं. १७ बाट माआवादीका तर्mबाट वडाध्यक्षमा मनोज भट्टराईले पुन ः बाजी मारेका छन् । माओवादी केन्द्रका धरान नगर अध्यक्ष समेत रहेका भट्टराईले अन्य प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
