धरानका मतदाताले उपमहनगरपालिकामा दलबाट अपत्यारिला उमेद्वार नपाउँदा साम्पाङलाई जिताए

धरान । न त उनले कसैलाई मासु भात खुवाए, न त कसैका मोटर साइकलमा पेट्रोल हालिदिए , न त उनका पक्षमा घरदैलो गरिदिने कोही देखिए, फगत एक्लै घरदैलो गरे, एक्लै हाते पर्चा वितरण गर्दै हिँडे, धरान परिवर्तनको नारा दिए, उनका लागि यात्रा सजिलो थिएन, स्थापित दलका नेता कायकर्ता पागलपनको उत्कर्ष भन्थे, उनीहरु सैयौ गाडी लावा लस्कर लिएर हिड्थे्, हजारौको भीड देखाउथे तर उनी एक्लै एउटा टेम्पोको छेउमा उभिएर धरानेहरुको दैनिकीसँग जोडिएको मुद्धा भट्याउथे । ठूला सपना देखाएनन्, स्वतन्त्र भएरै उनले धरान उपमहा नगरपालिकाको प्रमुखमा अत्याधिक वहुमतले विजयी हाँसिल गरे उनले अर्थात हर्कराज साम्पाङले ।


झण्डै तीन दशक भन्दा लामो समयदेखि सत्तामा आलोपालो आसिन हुँदै आएका राजनैतिक दल नेपाली काँग्रस,र एमालेका प्रयासीलाई फराकिलो मत अन्तरले पराजित गर्न सफल साम्पाङले सोमबार पद तथा गोपनीयताको सपथग्रहण गरे पनि पदभार भने हिजो मंगलबारमात्र सम्हालेका छन ।नव निर्वाचित धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङका अगाडि आगामी दिनमा प्रसस्त चुनँौति
रहेको धरानका राजनैतिक विश्लेषकहरुको टिप्पणी छ । राजनैतिक विश्लेषक प्रा.डा. राजेन्द्र शर्मा भन्नुहुन्छ खासमा हर्कराज साम्पाङले जुन भोट ल्याउनुभयो, २०७६ को वाइ इलेक्ससमा उहाँले ४२५ मत ल्याउनु भएको थियो तर २९ महिनामा उहाँले चुनावै जित्ने गरी पाँच पाँच दलको गठबन्धनलाई पाँखा लगाई दिनुभयो । एमाले जस्तो ठूलो पार्टीलाई समेत पाँखा लगाउनुका प्रमुख कारण दुई तीन वटा छन । पहिलो कारण ठूला पार्टीले जन अकांक्षा विपरीत राष्ट्रिय रुपदेखि तल्लो तहसम्मका काम नगरेका, जनताको आकांक्षा पूरा नगरेकोले उनीहरुको अक्षमतालाई सर्वसाधारणले पोख्ने ठाउँ नै व्यालेट हो । दोस्रो कुरा ठूला पार्टीले जो उमेद्वार घोषणा गरे त्यो उमद्वारले एउटाले नजित्दा, एमाले भोट नपाउँदा, अर्काेलाइ दिउँ न त भन्दा विकल्पमा पत्यारिलो उमेद्वार धरानका मतदाताले दखेनन् त्यसैले हर्कराज साम्पाङलाई मत दिए । तेस्रो कुरा हर्क साम्पाङले रिजल्ट ओरिएन्टेड काम गदै आएका व्यक्ति हुन् । उहाँ केही बर्षदेखि सामामजिक अभियन्ताका देखा पर्दै आउनु भएको छ । उहाँले गरेको रिजल्ट ओरिएन्टसन जुन छ त्यो परिणामूखी कामलाइ जनताले पत्याइदिए र उहाँले अत्याधिक मत पाउनुभयो ।
विश्लेषक शर्मा भन्नुहुन्छ युवाहरुले त धरानमा एउटा अभियान नै चलाए । २०६३ भन्दा पछि जन्मेका यवाहरुलाई ०६२÷ ०६३ भन्जाएर खाइरहेको पार्टीहरुप्रति खासै चासो छैन । त्यसलै उनीहरु एकदमै बोल्ड मानिस खोज्छन् । रिजल्ट ओरिएन्टेशन ती युवाहरुको लक्ष्य हुन्छ । त्यो रिजल्ट ओरिटन्ेशन उनीहरुलाई हर्कराज साम्पाङमा पाए र युवाहरुले साथ दिए । हर्कराज राईको जितको पछि यिनै कारण हुन् । सामाजिक अभियन्ताका रुपमा उहाँले जुन मुद्धाहरु उठाउँदै आउनु भएको थियो त्यो मुद्धा पूरा गर्न कतिको सहज देख्नु हुन्छ नगरपालिकामा भन्ने सवालमा डा. शर्मा भन्नुहुन्छ १० जना बोर्ड मेम्बरहरु एमालेबाट निर्वाचित हुनुभएको छ । १० जना गैर एमोबाट निर्वाचित हुनुभएको छ । मेयर उपमेयर दुई जनाले सहमति गर्नुभयो भने आफना एजेन्डाहरुलाई नगरबासीका पक्षमा काम गर्न सजिलो हुन्छ । आधामा बोर्ड मेम्बरहरुलाई लिएर हिड्न सजिलो हुन्छ । यद्यपि उहाँले कहिले एमालेलाई लिएर हिड्ने अवसर हुन्छ, कहिले गैर एमालेलाई लिएर हिँड्ने चान्स हुन्छ । किनभने नगरको विकासको हकमा हर्क साम्पाङलाई मात्र असहयोग गरौ भनेर बोर्ड मेम्बरहरुले आफ्नो खुट्टामा आmै बञ्चरो हान्दैनन् । राम्रा काममा उनीहरुले सहयोग गर्नैपर्छ । हर्कराज साम्पाङको दुई तीन वटा जुन प्रतिबद्धता छ, जस्तै भ्रष्टाचारमुक्त नगरपालिका, खानोपानी म धरानेलाई खुवाएरै छाड्छु, म ठूलो सपना बाँड्दिन देखेको भएको धराने जनताको पक्षमा म खरो उत्रन्छु भन्ने प्रतिबद्धताले उहाँलाई सफल हुन सहयोग गर्छ । शुरुवाती दिनदेखि नै उहाँले बोर्ड बैठकलाई लाइभ टेलिकास्ट गरिदिने व्यवस्था गरिदिनुभयो भने कुन बोर्ड मेम्बरले कस्तो खालको रवैया अपनायो आम जनताले देख्न पाउँछन् र त्यसको मुल्यांकन भोलिका दिनमा हुन्छ । त्यसैले गर्दा हर्कराज राईले असफल हुनुपर्ने त्यस्तो कुनै कारण छैन ।
उता अर्का राजनैतिक विश्लेषक प्रा.डा.गोपालप्रसाद भण्डारीको विश्लेषण पनि प्रा.डा. पोखे्रलेको भन्दा भिन्न छैन । उहाँ भन्नुहुन्छ धरानको निर्वाचनमा केही व्यक्तिहरुले दलहरुप्रतिको वितृष्णा भन्ने अर्थ लगाए तर धरानका मतददाताहरुले यसपटक समस्या समाधान गर्न सक्ने उमेद्वार खोजेको मैले ठानेको छु । दलका उमेदवारहरुले विकास निर्माणका आयोजनामा धेरै ठूला सपना देखाउदै आए । तर दैनिकीसँगका समस्यालाई उठान गरेनन् । हर्कराज साम्पाङले धरानका जनताको मूलभूत मुद्धालाई उठाउनुभयो उदाहरणका लागि पानीमो समस्या । हामी चुनावको दौरानमा हिँड्दा अधिकांश मतदाताले पानीकै कुरा नै उठाए । अर्कोतर्फ धरान उपमहागनरपालिकामा जनताका काममा ढिलासुस्ती भएका, भ्रष्टाचार भएको, बजेटको सही सदुपयोग नभएका कुरालाई साम्पाङले पहिलो प्राथमिकतामा राख्नु भएको थियो । स्वतन्त्र उमेदवारका रुपमा विजयी साम्पाङले दलका नेताहरुले झै धरानलाई स्मार्ट सिटी बनाउने, केवलकार चलाउने सपना बाँड्नु भएन । जनताको वर्तमानमा भागेका समस्यालाई मात्र उहाँले उठान गरिदिनुभयो ।
विश्लेषक प्रा.डा.भण्डारी भन्नुहुन्छ वहुदलीय व्यवस्था आएपछि मूलधारका राजनैतिक पार्टीहरुले बर्षौदेखिको जनताका समस्याहरुलाई कहिल्यै सम्बोधन गर्न सकेनन् । यी पार्टीहरुबाट जनतालाई जुन किसिमको आशा विश्वास भरोसा थियो त्यसमा वितृष्ण पैदा भएको छ । यसपटक धरानका २० वटै वडाबाट साम्पाङलाई जुन मत आएको छ त्यो परिवर्ततको हो ।
राजनैतक पार्टीहरुलाई साम्पाङको जितले नयाँ पाठ सिकाएको छ । जनतामा रहेको ठूलो समस्या पहिचान गर्न स्थापित राजनैतिक दलले सकेनन् । उनलाई आगामी दिनमा काम गर्न कतिको चुनौति देख्नु भएका छ भन्ने सवालमा उहाँ भन्नुहुन्छ काम गर्नेलाई चुनौति त आइहाल्छ । हालको अवस्थामा साम्पाङ एक्लै छन् । १० जना एमाले ७ जना काँग्रेस, एक राप्रपा एक मओवादी, एक स्वतन्त्र छन्। जुन तरिकाले बोर्ड बनेको छ त्यसमा साम्पाङलाई आफ्ना कुरा सलिै लैजान अप्ठरो त होला तर जनताको मूल समस्यामा अरु पार्टीका मानिससले पनि विरोध गर्नुपर्नै कुरा हुँदैन । नेपाली काँग्रेस, एमालेले पनि आफ्ना घोषणापत्रमा धराने जनताको मूल समस्या समेटेका छन् । साम्पाङले पनि त्यही कुरा उठाएका छन् । फरक कति हो भने साम्पाङले मुख्य रुपमा उठान गरे अरुले घोषणापत्रमा लेख्ने काम मात्र गरे ।

तपाईको प्रतिक्रिया